मसलन्द उद्योग व्यवसायीहरुको प्रदेश भेला लुम्बिनीमा

मसलन्द उद्योग व्यवसायीहरुको प्रदेश भेला लुम्बिनीमा

अस्वस्थ प्रतिष्पर्धाले व्यवसायमा समस्या बढेको गुनासो

बुटवल- नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ, ५ नंं. प्रदेश समिति थत क्षेत्रीय समितिको संयुक्त व्यवसायीक भेला लुम्बिनीमा सम्पन्न भएको छ । भेलाले मसलन्द व्यवसायमा देखा परेका समस्याहरुको पहिचान गरि समाधान गर्न एकतामा जोड दिएको छ । उद्योगी व्यवसायीहरुवीचको अस्वस्थ प्रतिष्पर्धा र राज्यका नीतिका कारण आएका समस्याहरुलाई क्रमबद्ध रुपमा समाधान गर्नेतर्फ नलागेमा व्यवसाय धाराशाही हुने चिन्ता भेलामा गरिएको थियो ।
भेलाको उद्घाटन गर्दै संघका निर्वतमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिलगोपाल श्रेष्ठले अव्यवश्थित रुपमा रहेको मसलन्द सामाग्री उद्योगहरु पछिल्ला समयमा व्यवश्थित बन्दै गएको बताउदै आफैले सिर्जना गरेका समस्या आफैले हल गरेर अगाडी बढ्न सुझाव दिनुभयो । उहाले उद्योगीहरुवीचको अस्वस्थ प्रतिष्पर्धाका कारण बजारलाई हामीले अनियन्त्रीत बनाएको बताउदै स्वदेशी उद्योगको संरक्षण गर्न आफ्ना उत्पादनमा सुधार ल्याउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथि संघका केन्द्रीय अध्यक्ष रामेश्वर पराजुलीले नेपालमा आयात हुने कागज वा कागजजन्य बस्तुबाट तयारी सामानको आयातमा लाग्ने बस्तुको भन्सार र कच्चा बस्तुको आयातमा लाग्ने भन्सार दरमा रहेको असमानता तथा अबैध रुपमा भित्रने मसलन्दका सामानका कारण नेपाली उद्योगीहरु धाराशाही बन्दै गएकोले त्यसमा नियन्त्रण गर्न सरकारसंग आग्रह गर्नु भयो ।

संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरि भण्डारीले राज्यले ल्याएका नीति र व्यवसायीहरुका आन्तरिक समस्याले मसलन्द उद्योगहरुमा जटिलता आएको भन्दै त्यसलाई सोही रुपमा समाधान खोज्नु पर्ने सुझाव राख्नु भएको थियो ।
संघका महासचिव रामकुमार रायमाझीले व्यवसायीलाई मर्यादित र व्यवस्थित बनाउन उद्योगी व्यबसायीहरुले बनाएको मापदण्ड र आचारसंहिताका पालना गर्ने कुरामा हामी आफै गम्भिर बन्न नसक्दा आस्वस्थ प्रतिष्पर्धा बढेर गएको बताउनु भयो ।

प्रदेश नं. ५ का अध्यक्ष कमल भण्डारीको अध्यक्षता, सचिव कमल नेपालको सञ्चालन तथा माधवराज भण्डारीको स्वागतमा भएको कार्यक्रममा एमके पेपर मिल्सका प्रवन्धक ध्रुव पोखरेल, पशुपति प्रिन्टिङका सञ्चालक गोपाल गैरे, संघका दाङ–प्यूठान क्षेत्रिय समितिका अध्यक्ष लव अधिकारी, बुटवल क्षेत्रका अध्यक्ष नारायण न्यौपाने लगायत बोल्नु भएको थियो ।
सो अवसरमा मसलन्द उद्योगी व्यवसायीहरुवीच आपसमै अस्वस्थ प्रतिष्पर्धा, उत्पादनमा मापदण्डको कमी, आचारसंहिताको उल्लंघन, ज्यालामा असमानता, मुल्य निधारणमा विविधता, गुणस्तरमा हेलचेक्रयाई, खुल्ला सिमनाबाट अबैध रुपमा तयारी समानको आयातका कारण नेपाली उद्योगहरु समस्यामा पर्दैं गएको भन्दै त्यसालाई समाधान गर्न सुझाव दिइएको थियो ।
नेपाल भ्रमण बर्ष–२०२० लाई सहयोग गर्ने उद्देश्यसहित भेलालाई भ्रमण बर्षसंग जोडेर लुम्बिनीमा राखिएको संघका अध्यक्ष कमल भण्डारीले जानकारी दिनुभयो । सो अवसरमा केन्द्रीय समितिको बैठक समेत राखिएको थियो ।

प्रकाशित मिति : आइतबार, माघ १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij