JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमाको दोस्रो औद्योगिक व्यापार मेलामा फूटवल प्रतियोगिता सुरु

तिलोत्तमाको दोस्रो औद्योगिक व्यापार मेलामा फूटवल प्रतियोगिता सुरु

आज भएको मैत्रीपूर्ण फूटवल प्रतियोगितामा पत्रकारको समुहको जित

तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा भएको दोस्रो औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन महोत्सवमा आईतबार भएको मैत्रीपूर्ण फूटवल प्रतियोगितामा पत्रकारको समुहले जित हात पारेको छ । आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघ र रुपन्देहीका पत्रकारहरुको समुहबिच भएको प्रतियोगितामा ७–२ गोल अन्तरले पत्रकारहरुको समुहले जित हात पारेको हो शंकरनगरको जागृती क्लवको व्यबस्थापनमा भएको प्रतिस्पर्धाको सुरुवाती समयमै आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघले गोल गरेर पत्रकारहरुलाई चुनौती दिएको थियो । लगत्तै पहिलो हाफमा लगातार ५ गोल गरेको पत्रकारहरुको सामु उद्योग बाणिज्य संघले दोस्रो हाफमा समेत उपलब्धि हासिल गर्न सकेन । दोस्रो हाफमा पुन पत्रकारको समुहले २ गोल गरेको थियो भने उद्योग बाणिज्य संघको तर्फबाट थप एक गोल भएको थियो ।
तिलोत्तमा उद्योग बाणिज्य संघले मेलाका अवरमा बिद्यालय तथा कलेज स्तरीय फाईव ए साईड फूटवल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताको सुरुमा आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघ र पत्रकारहरुको बिचमा शो म्याच आयोजना गरिएको हो ।
२० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा रुपन्देहीका २५ बिद्यालयका खेलाडी टोलीहरुको सहभागिता रहेको संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र काकीले जानकारी दिनुभयो । आईतबार पहिलो खेल राममणी बहुमुखी क्याम्पस र तिलोत्तमा कलेका बिचमा भएको प्रतिस्पर्धामा राममणीले २–१ गोल अन्तरले जीत हासिल गरेको छ । भोली सोमबार पहिलो खेल शान्ति नमुना र एम्स कलेज तथा दोस्रो खेल सिद्धार्थ बोर्डिङ् र अक्सफोर्ड हुने प्रतियोगिताका संयोजक अमनमान श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा उपाधि विजेतालाई ३० हजार तथा उपविजेतालाई १५ हजार रुपैंया नगद पुरस्कार सहित कप मेडल र प्रमाण पत्र प्रदान गरिने तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी ‘माधव’ले जानकारी गराउनु भयो ।

प्रकाशित मिति : आइतबार, माघ १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij