JanataToday.com

Advertisment

SKIP THIS

नायक प्रदिप खड्काद्धारा बुटवलमा टि भी एस एन्टर्क रेस एडिसन सार्बजनिक

नायक प्रदिप खड्काद्धारा बुटवलमा टि भी एस एन्टर्क रेस एडिसन सार्बजनिक

बुटलव-दुई पाङग्रे र तीन पाङ्ग्रे सवारी साधनहरुका लागि प्रतिष्ठित टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ माेडेलकाे स्कुटर बुटवल मा  सार्वजनिक गरेको छ ।

नेपाल को लागि आधिकारिक बिकेर्ता जगदम्बामोटर्स प्रालि ले एउटा कार्यक्रम को बीच बुटवलको बालाजी अटोमोबाइल्स मिलनचोकमा भएकोमा भएको टि भी एस एन्टर्क रेस एडिसन सार्बजनिक गरेको छ |

शुक्रबार  सार्वजनिक सो स्कुटरमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ ।

यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ, जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ ।

स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै “रेस इडिसन” ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउँछ । यो स्कुटर शानदार तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको कम्पनीले जनाएकाे छ ।टिभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेश एक्जुक्युटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले टिभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरुमाँझ निकै लोकप्रिय बन्न पुगेको बताए । उनले भने, ‘यसको आकर्षक एपिरियन्स र टिभीएस स्मार्ट एक्सकनेक्ट विशेषताबाहेक यसको प्रदर्शन टिभीएस एनटर्क १२५ को हलमार्क बनेको छ । यो स्कुटर टिभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो र यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो ।’जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, “टिभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको छ । यो स्कुटर तल्कालै सबैमाँझ लोकप्रिय बन्न पुग्यो र हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ ।”

टिभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ, टिभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन् ।

स्कुटरको शुक्रबार एक कार्यक्रमका बीच बुटवल उधोग बाणिज्य संघ का अध्यक्ष्य श्री खेम  हमाल , जगदम्बा मोटर्स प्रालिका मार्केटिंग म्यानेजर नबराज कोइराला र बालाजी अटोमोबाइल्स का  निर्देशक राम थापा ज्युलगाएत नेपालि एक्टर टि भी एस एन्टर्कका ब्राण्ड एम्बेसडर प्रदिप खड्का ज्यु ले संयुक्त रुपमा सार्वजनिक गरे ।

नयाँ मोडलमा आएको यो स्कुटरमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ । म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध यो स्कुटरमा हजार्ड ल्याम्प अर्थात आकस्मिक वत्ति रहेको छ भने भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेसिङ पेडिग्री झल्काउने ‘रेस एडिसन’ पनि स्कुटरको प्रमुख विशेषता हो ।

स्पोर्टी ब्लुटुथ कनेक्टेड यो टीभीएस एनटर्क १२५ सिसीको स्कुटर हो ।

यो स्कुटर माइलेज, स्टाइल र प्रविधिका लागि प्रख्यात छ । यसमा स्टेट अफ आर्ट सिभीटिआई–आरइभीभी १२४.७९ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, ३ भल्भ, एयर कुल्ड इन्जिन रहेको जनाइएको छ ।

कार्यक्रममा टीभीएस एनटर्क रेस एडिसन बुकिंग ग्राहक लाइ नायक प्रदिप खड्का लगाएत उधोग बाणिज्य संघ का अध्यक्ष र जगदम्बाको मार्केटिंग म्यानेजरनबराज कोइराला ले २५ जना ग्राहकलाई टीभीएस एनटर्क १२५ रेस एडिसनको चावी हस्तान्तरण गरेका थिए |

प्रकाशित मिति : सोमबार, माघ १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij