ह्याकरको खुलासापछि एनआरएन अमेरिकाका प्रवक्तासहित २ निलम्बित

ह्याकरको खुलासापछि एनआरएन अमेरिकाका प्रवक्तासहित २ निलम्बित

, काठमाडौं ।
गैरआवासीय नेपाली संघ एनआरएन अमेरिकाका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्ल निलम्बनमा परेका छन् । नक्कली फेसबुक पेजमार्फत गैरआवासीय नेपाली संघका विभिन्न व्यक्तिविरुद्ध निरन्तर चरित्र हत्या गरेको पुष्टि भएपछि एनआरएन अमेरिकाको आकस्मिक बैठकले उनीहरूलाई कारबाही गरेको हो ।

भट्टराई र मल्लले पदीय आचरणविपरीत कार्य गरेको भनी एनआरएनका आजीवन सदस्य प्रसन्न संग्रौलाले उजुरी गरेपछि सो उजुरीको प्रारम्भिक छानबिनका क्रममा दुवै जनाले नक्कली फेसबुक पेज खोलेर चरित्र हत्या गरेको पाइएको छ । यसबारेमा ४५ दिनभित्र विस्तृत छानबिन गर्न वरिष्ठ उपाध्यक्ष डा।अर्जुन बन्जाडेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, माघ १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij