तिलोत्तमा
नेपाली दोहोरी गीत संगीतको क्षेत्रमा अब्बल बाल कलाकार कमला घिमिरे शुक्रबार तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको तिलोत्तमा ब्यापार मेलामा आउने भएकी छिन् ।
पछिल्लो समय यू–ट्युवमा भाईरल बनेकी बाल कलाकार कमला घिमिरेलाई आम दर्शकको माग अनुसार मेलामा आमन्त्रण गरिएको मेला आयोजक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले बताउनुभयो ।
इन्द्रेणी दोहोरीबाट एकाएक चर्चामा आएकी धादिङकी कमला यतिबेला सामाजिक संजालमा समेत भाइरल बनेकी छन् । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै देश तथा विदेशमा बढेर गएको छ ।
छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित भएका छन् । सानै उमेरकी कमलामा ख्याति प्राप्त गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता देखेर सबै लोकपारखी दर्शक तथा स्रोता अचम्ममा परेका छन् । सुमधुर स्वर र नम्र स्वभावकी बाल गायिका कमलालाई मेलामा ल्याउन बिशेष माग भएको र तिलोत्तमा उद्योग वाणिज्य संघले पनि मेलाका अवसरमा मञ्च उपलब्ध गराएर सम्मान गर्ने उद्देश्यले कमलालाई मेलामा आमन्त्रण गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
त्यस्तै शुक्रबारै राष्ट्रिय लोक दोहोरी गायक नारायण बिपि परियार, पुरुषोत्तम पौडेल, लोक गायिका विष्णु श्रीपाली तथा आधुनिक गायक रमेशराज भट्टराई र सन्दीपसिंह राना लगायतको प्रस्तुती रहने छ । त्यस्तै एक्सपर्ट तिलोत्तमा लोक तारा, न्युहोल्याड तिलोत्तमा डायन्स आईडिल, स्थानीय कलाकारहरुको प्रस्तुती, लोकदोहोरी प्रतियोगितालगायतको पनि प्रस्तुती रहने छ । मेला सञ्चालनको सातौं दिनसम्म आईपुग्दा दर्शकहरुको चहलपहल बढ्दै गएको छ । दर्शकहरुको संख्या बढ्न थालेपछि आयोजक उत्साहित बनेका छन् । दर्शक सहभागिता बढ्दै गएसँगै आर्थिक कारोबार पनि बढ्ने अपेक्षा गरिएको मेलाका आर्थिक व्यबस्थापन उपसमितिका संयोजक सुरज पंगेनीले बताउनभयोु ।
मेलामा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएकाले स्टलहरुमा सामान खरीद गर्ने उपभोक्ताहरुको घुईचो लाग्ने गरेको मेला आयोजक मूलक समितिका संयोजक एवं संघका अध्यक्ष गुणनिधी भण्डारीले बताउनुभयो । मेला प्रचारप्रसार समितिका संयोजक नारायण पौडेलले मौसमले पनि राम्रो साथ दिएका कारण मेलामा सहभागिता बढ्न थालेको बताए । मेला अवधिभर सरसफाईलाई विशेष प्राथमिकतामा राखिएको र यसका लागि स्वयंसेवकलाई खटाइएको संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले बताउनुभयो।
प्रकाशित मिति : बिहिबार, माघ १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्