बुटवल— तरकारी तथा खाद्यान्न बालीमा बिषाधीको बढदो प्रयोगले मानव स्वास्थ्यमा प्रतिकुल असर परीरहेको भन्दै अर्गानिक तरकारी उत्पादनलाइ बढावा दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । शनिबार रुपन्देहीको मणिग्राममा भएको तिलोत्तमामा अर्गानिक तरकारी खेतीका संभावना र चुनौती विषयक गोष्ठीमा सहभागिहरुले विषदीरहित तरकारी उत्पादनमा जोड दिएका हुन् ।
तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा भइरहेको औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा गरीएको गोष्ठीमा कृषि क्षेत्रका बिज्ञ तथा सरोकारवालाहरुले विषदीरहित तरकारीको व्यवसायिक उत्पादनमा जोड दिएका हुन ।
कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव) ले उद्योग व्यवसायसँगै संघले कृषि र पर्यटनलाई पनि विशेष प्राथमिक्ता दिएर सोही अनुसारका कार्यक्रम अगाडी बढाएको बताए । अर्गानिक खेतीलाई अगाडी बढाउन यस क्षेत्रका किसानहरुलाई प्रोत्साहन गर्ने र उनीहरुले उत्पादन गरेका तरकारीको वजारीकरणमा संघले सहयोग गर्ने नीति लिइएको अध्यक्ष भण्डारीले बताए । विषादीको बढ्दो प्रयोगलाई न्युनीकरण गर्दै नगरलाई अर्गानिक तरकारी उत्पादनमा आत्मनिर्भर बनाउन सकिने प्रशस्त संभावना रहेको उनले बताए ।
कृषि जेटिए अमृत श्रेष्ठले अर्गानिक खेतीलाई चाहिने कच्चा पदार्थ नेपालमै रहेकाले बाहिरबाट आयात गर्नु नपर्ने भन्दै माटोको सुरक्षा, जैविक मलको प्रयोग लगायतका कुरातर्फ विशेष ध्यान दिनुपर्ने बताए । प्राङ्गारिक कृषिः संभावना र चुनौती विषयक अवधारणा प्रस्तुत गर्दै पक्लिहवा कृषि क्याम्पसका उपप्राध्यापक प्रकाश घिमिरेले ढुंगे युगौ अघिको अर्गानिक खेती प्रणालीले सामाजिक, आर्थिक, वातावरणीय तथा खाद्य सुरक्षामा महत्वपुर्ण भुमीका खेल्ने बताए । अर्गानिक खतीकालागि ऐन नीतिनियम सगै प्रमाणीकरणकालागि आवश्यक प्रयोगशाला नहँुँदा समस्या रहेको बताए । कृषि, पशु र वन एक अर्काका परिपुरक भएकाले सदावहार र दीगो कृषिका लागि सबै मिलेर जमिनलाई चक्लाबन्दी गरेर सामूहिक खेती गर्न सके अर्गानिक उत्पादन बढाउन सकिने बताए ।
तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख डोमलाल भुसालले नगरपालिकाले तरकारी र मकै पकेट क्षेत्र घोषणा गरेर किसानलाई अर्गानिक खेतीतर्फ प्रोत्साहन गरेको र विषादीको बढ्दो प्रयोगलाई न्युनीकरण गर्ने नीति लिएको वताउनु बताए । राममणि क्याम्पसका प्राध्यापक बाबुराम भण्डारीले नगरपालिकाले बनाउन लागेको स्थानीय पाठ्यक्रममा अर्गानिक कृषि र सचेतनाका कुरालाई समेट्न आग्रह गरे ।
तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार नवराज श्रेष्ठले विषादीयुक्त खानेकुराले रोगको संक्रमण बढेको भन्दै अर्गानिक खेती र यसको प्रयोगकालागि स्थानीय तहले विशेष ध्यान दिनु पर्ने बताए । वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, गोष्ठी अन्तक्र्रिया उपसमितिका संयोजक एवं संघका उद्योग उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महासचिव कमल कंडेललगायतले बोल्दै तरकारीको बढदो आयातलाइ कम गर्न व्यवसायिक अर्गानिक तरकारी खेतीलाइ स्थानीय तहले विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए ।
प्रकाशित मिति : शनिबार, माघ १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्