गुल्मी – पैचो चाडपर्व उपहार योजना अन्तर्गत गत पुसमा खोलिएको चिट्टाको प्रथम पुरस्कार बिजयतालाई प्रथम पुरस्कार मोटर साईकल प्रदान गरिएको छ ।
पैचोको वार्षिक उत्सवका अवसरमा गुल्मीको बलेटक्सारमा खोलिएको चिट्टामा गुल्मी छत्रकोट १ हुंगाका कमल पल्लीलाई मोटर साईकल परेको थियो । आज पैचो पसलका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले एक कार्यक्रमका बिच बिजयता पल्लीलाई मोटरसाईकल हस्तान्तरण गरेका छन ।
हस्तान्तरण कार्यक्रममा होटल अर्गनाईजेसन बांकेका अध्यक्ष भिमलाल कंडेलको समेत सहभागिता रहेको थियो । पुरस्कार अन्तर्गत दोस्रो पुरस्कार छत्रकोट १ कै मोहन बलाल र तोस्रो पुृरस्कार गुल्मी दरबार ४ बिरबासका चन्द्रकला अर्याललाई परेको थियो । दोस्रो पुरस्कारमा ४२ ईन्चको टेलिभिजन र तेस्रो पुरस्कार रेफ्रीजरेटर रहेको थियो । पैचोले ब्यवसायीक प्रबद्र्धन कार्यक्रम अन्तर्गत हरेक वर्ष चाडपर्वमा उपहार कार्यक्रम संचालन गर्दै गर्नुका साथै जिल्लामा उत्कृष्ठ कृषि उत्पादकहरुलाई पुरस्कृत गर्दै आएको छ ।
प्रकाशित मिति : आइतबार, माघ १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्