JanataToday.com

Advertisment

SKIP THIS

भुक्तानी रकम अझै नपाए पछि उखु किसान फेरि आन्दोलित

भुक्तानी रकम अझै नपाए पछि उखु किसान फेरि आन्दोलित

काठमाण्डौ – उखु किसानले पाउनुपर्ने भुक्तानी रकम अझै पाउन नसकेपछि उखु किसान फेरि आन्दोलित बनेका छन् ।

फागुन मसान्तसम्ममा आफूहरुले भुक्तानी नपाए तेस्रो चरणको आन्दोलन गर्ने उखु किसानको चेतावनी छ ।

उखु किसान सङघर्ष समितिले आइतबार विज्ञप्ति निकालेर फागुन मसान्तसम्म पनि सबै बक्यौता रकम भुक्तानी नभए चैत ४ गतेदेखि काठमाण्डौको माइतीघर मण्डलामा अनिश्चितकालिन रिले अनशन गर्ने जानकारी गराएको छ ।

सङघर्ष समितिले तेस्रो चरणको आन्दोलनका लागि फागुन ५ गते गाउँमा गएर उखु किसानको बक्यौता रकमको विवरण संकलन गर्नेछ । यस्तै समितिले फागुन २१ गते एक छाक खाना नखाइ खेतमा काम गर्ने ‘उपवास कार्यक्रम’ राखेको छ ।

प्रकाशित मिति : आइतबार, माघ १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij