काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ सुरु हुन एक दिन बाँकी रहँदा नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् ।
यो प्रतियोगिता सकिएलगत्तै लागू हुने गरी उनले आईसीसीलाई राजीनामा पत्र पठाएका हुन् तर याे विषयमा क्यानका पदाधिकारी भने अनभिज्ञ रहेका छन् । बुधबारदेखि नेपालले ओमान र अमेरिकासँग खेल्ने त्रिकोणात्मक सिरिज उनको नेपालका लागि अन्तिम सिरिज हुने भएको छ ।
झण्डै आठ महिनाअघि जगत टमाटाको स्थानमा मुख्य प्रशिक्षकमा आएका उनले नेपाली टिमका लागि औसत प्रदर्शन गरेका थिए । उनले आईसीसीबाट मासिक सात हजार अमेरिकी डलर पाउँदै आएका थिए । यो बीचमा पटवालको प्रशिक्षणमा नेपालले खासै ठूलो उपलब्धि भने हासिल गर्न सकेन ।
उनी प्रशिक्षक भएपछिको मुख्य ठूलो प्रतियोगिता टी–२० विश्वकप छनोट थियो तर त्यसमा नेपाल असफल भयो । यसका साथै सागमा पनि घरेलु मैदानमा नेपाली टिम असफल नै रह्यो ।
क्यान नभएका बेला आईसीसी र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा पटवाल नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।
प्रकाशित मिति : सोमबार, माघ २० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्