JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा मेला एक दिन लम्बियो

तिलोत्तमा मेला एक दिन लम्बियो

 

तिलोत्तमा – ‘तिलोत्तमामा लगानी ः समृद्धिको सुनौलो बिहानी’ नारासहित मणिग्राममा जारी दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलाको अवधि एक दिन थप भएको छ ।

सोमबार मेला सचिवालयमा बसेको आयोजक संस्थाको कार्यसमितिको वैठकले मेला अवधि एक दिन थप्ने निर्णय गरेको हो । माघ २१ गते समापन हुने भनिएको मेला स्टल धनीहरुको आग्रहमा एक दिन थप गरी २२ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको आयोजकले जनाएका छन् । समापनका दिन २२ गते दिउसो ३ बजेखदेखि मेला प्रवेश निःशुल्क गरिएको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारीले बताए ।

एघारौं दिनसम्म तीन लाख दर्शकले मेलाको अवलेकन गरेका र १२ करोड रुपैयां भन्दा बढीको कारोबार भएको कोषाध्यक्ष सुरज पंगेनीले जानकारी दिए । मेला सकिन लाग्दा किनमेल र मनोरन्जनका लागि दर्शकको भीड बढ्दै गएको संघका महासचिव कमल प्रसाद कंडेलले बताए । सोमबार रामजी खांण,सिर्जु अधिकारी र दुर्गेश थापाको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । सोमबार नै विभिन्न दलका नेताहरु, उद्योगी व्यवसायिका संघसंस्थाका प्रतिनिधिहरुले मेला अवलोकन गरेका थिए । मंगलबार तिलोत्तमा डान्स आइडलको फाइनल प्रतिस्पर्धा हुने छ भने सांस्कृतिक कार्यक्रमतर्फ चर्चित गायक पशुपति शर्मा, आरती रुचाल, शिव खनाल लगायको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङले बताए ।

प्रकाशित मिति : सोमबार, माघ २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij