JanataToday.com

Advertisment

SKIP THIS

तरुण दलले स्थापना दिवसमा बुटवलमा फुटसल प्रतियोगिता गर्ने

तरुण दलले स्थापना दिवसमा बुटवलमा फुटसल प्रतियोगिता गर्ने

बुटवल- नेपाल तरुण दलको ६६ औ स्थापना दिवसको अवसरमा तेस्रो तरुण फुटसल प्रतियोगिता २०७६ हुने भएको छ ।
बुटवल उपमहानगर समितीको आयोजनामा स्व सुर्य प्रधान, स्व सुककुमारी प्रधानको स्मृतिमा बुधबारदेखि ३ दिने वडास्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको सबै तयारी पूरा भएको नगर अध्यक्ष सुजन पुनले बताए । संगठनमा भातृत्व विकास गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
प्रतियोगिताको प्रथम पुरस्कार स्व श्रेष्ठका छोरीज्वाइँ सन्तोष पिया तथा दोस्रो पुरस्कार ज्योती भण्डारीले सौजन्य गरेका छन । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ ।
यसैगरि उपविजेता टिमले नगद २५ हजारसहित ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विद्यागत रुपमा उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, कोच, हाई स्कोर र अनुसासित टिमलाई नगद २–२ हजार नगदसहित ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत खेल संयोजक सरोज दर्लामीले बताए । लुम्बिनी फुटसल एरिनामा बुधबारदेखि शुरु हुने प्रतियोगितामा जिल्ला, क्षेत्र, नगरसहित तिलोत्तमा र देवदह नगरसमिति गरि २६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन ।

उद्घाटन खेल आयोजक बुटवल नगर समिति र वडा नं १ का बिचमा हुने उनले बताए । नेका क्षेत्र नं २ का क्षेत्रिय सभापति हरि लम्साल, नेका महासमिति सदस्य चित्र बहादुर केसी, नेका महाधिवेसन प्रतिनिधि चिरञ्जीवी पौडेल, नेका नगर सचिव ज्योती भण्डारी, होम बहादुर क्षेत्री, तरुण दल क्षेत्रिय सभापति हसन्त लामा, नेपाल यातायात ट्रक ब्यवसायी संघका उपाध्यक्ष गणेश घिमिरे, रमेश न्यौपाने, भेजराज पोखरेलले सफलताको शुभ कामना दिए ।
गतवर्ष वडा न ३ ले उपाधि जितेको थियो । करीब २ लाख ५५ हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।

प्रकाशित मिति : सोमबार, माघ २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij