JanataToday.com

Advertisment

SKIP THIS

सुनकाे भाउ ताेलामा आठ सय रुपैयाँले घट्याे

सुनकाे भाउ ताेलामा आठ सय रुपैयाँले घट्याे

काठमाण्डाै – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ ।

सुन बुधबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार तोलामा पाँच सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबारमा सुधार आएपछि सुनको भाउ घट्न थालेको महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढ्दा भाउ बढ्ने र घट्दा भाउ पनि घट्ने गर्छ । मङ्गलबार शेयर कारोबार उकालो लागेपछि सुनको भाउ घटेको समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

यस्तै चाँदी आज तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, माघ २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij