बैवाहिक वार्षिक उत्सवमा आश्रय बिहिनहरुसंग सहभोज

बैवाहिक वार्षिक उत्सवमा आश्रय बिहिनहरुसंग सहभोज

 

नेपालगन्ज -ब्रतबन्ध, बिबाह, बार्षिकउत्सव, जन्मोत्सव गर्दा होटल र रेष्टुरेण्टहरुमा भब्य भोज गर्ने परम्परालाई परिष्कृत गर्दै बिबाहको बार्षिकोत्सवमा दिनदुखी र आश्रयबिहिनहरुसंग सहभोजको परम्परा सुरु गरिएको छ ।

नेपालगन्जमा एक जना पत्रकारले आफ्नो बिबाहको २५ औ वार्षिक उत्सवका अवसर पारेर नेपालगन्ज स्थित निलसागर सेवा आश्रममा आश्रीत ७० जना आश्रितहरुलाई खाना खुवाएर मनाएकाछन् । एबिसी न्युज टेलिभिजन प्रदेश नम्बर ५ का ब्यूरो रिपोर्टर शरण कर्माचार्यले बुधवार आश्रममा रहेका ७० बढी अशक्त, बेसहारा र सडक आश्रीत नागरिकहरुलाई दिवाभोज दिएर बार्षिकोत्सव मनाएका छन् ।

३ वर्ष पहिले देखि सञ्चालनमा आएको आश्रममा ५५ जना अशक्त, बेसहारा, बुद्धबृद्धा, साहारा बिहिन महिला तथा १२ जना अनाथ बालबालिकाले आश्रय लिईरहेकाछन् । आश्रम संचालनको लाथि स्थायी आयश्रोत नभएका कारण घरभाडा तिर्न तथा नियमीत आश्रीतहरुलाई खाना, खाजा साथै लत्ताकपडामा समस्या पर्दै आएको अनश्रमका संचालक सरिता खनालले बताईन् । स्थानीय सरकारबाट प्राप्त सिमित अनुदान र स्थानीय दाताहरुको सहयोगबाट आश्रम संचालन भईरहेको छ ।

सहभोज कार्यक्रममा बोल्दै नेपालगन्जका पुराना पत्रकार पुर्णलाल चुकेले फजुलरुपमा गरिने खर्च समाजसेवामा लगाउंदा पुण्य प्राप्त हुने बताउनुभयो ।

पत्रकार महासंघ बांकेका पुर्व अध्यक्ष झलक गैरेले रचनात्मक कामको सबैले अनुशरण गर्नु पर्ने बताउनु भयो ।

पत्रकार शिराज खनालले सबैले आ आफ्नो उत्सव र तिथीहरुमा सामाजीक काम गर्न सके समाजको रुपान्तरणमा सहज हुने बिचार ब्यक्त गर्नुभयो ।

उत्सव मनाउन आश्रम पुगेका कर्माचार्यले बृद्धबृद्धाहरुको मुस्कानमा आफ्नो माता पिताको स्मरण गराएको बताउंदै सामाजीक काम गर्न प्रेरित गर्ने अगुवाहरुलाई धन्यबाद ब्यक्त गर्नुभयो ।

आश्रमका संचालक अमन सुबेदीले सडकमा बेसहारा बनेर बस्न बाध्य आश्रयबिहिनहरुको जिम्मसरकारले लिनुपर्ने बताउंदै असहाय, अशक्त, बेसहारा,अभिभावक बिहिन सडक आश्रीत मानव  मुक्त समाज बनाउने सरकारको अभियानलाई आफुहरुले सफल बनाएरै छाड्ने बताउनु भयो ।

निलसागर सेवा आश्रमले बांके, बर्दिया र दाङमा सडक आश्रित मानव मुक्त समाज बनाउने अभियान संचालन गर्दै आएको छ । बांकेको खजुरा, कोहलपुर र नउालगन्ज उपमहानगर सडक आश्रित मानव मुक्त पालिका घोषणा भई सकेकाछन् भने फाल्गसन भित्र दाङका ३ वटा नगर पालिकामा घोषणाको तयारी भईरहेको सेवा आश्रमकी अध्यक्ष सरिता खनालले बताउनु भयो ।

प्रकाशित मिति : बुधबार, माघ २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij