JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा डान्स आईडलको उपाधि अस्मितालाई,भलिवलको उपाधि नेपथ्यलाई

तिलोत्तमा डान्स आईडलको उपाधि अस्मितालाई,भलिवलको उपाधि नेपथ्यलाई

 

बुटवल—तिलोत्तमामा भएको मेलामा सञ्चालन गरिएको भलिबल प्रतियोगितामा नेपथ्य कलेज शंकरनगर विजयी भएको छ । नेपथ्यले बुधबार भएको फाईनल खेलमा राममणि बुहुमुखी क्याम्पससंग प्रतिस्र्धा गरेको थियो । जानकीनगर क्लवको व्यबस्थापनमा भएको प्रतियोगितामा जितसंगै विजेता नेपथ्यलाई ३० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरियो । उपविजेता राममणी क्याम्पसलाई १५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको खेल संयोजक अमनमान श्रेष्ठले जानकारी दिए ।

त्यस्तै मेलामा सञ्चालन गरिएको न्यू होल्याण्ड तिलोत्तमा डान्स आईडलको उपाधि तिलोत्तमा ४ की अस्मिता अर्यालले हात पारेकी छन् । २१ जनाले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताको ग्राण्ड फिनालेमा सर्बोत्कृष्ट प्रदर्शन सहित अस्मिताले उपाधि हात पारेकी हुन् । उपाधिसंगै उनले ३५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र हात पारेकी छन् भने तिलोत्तमा ४ की ट्वीङ्क श्रेष्ठ द्वितीय, तिलोत्तमा ९ की स्नेहा सेवा तृतीय भए । उनीहरुलाई क्रमश १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा तिलोत्तमा ९ की सिमरन सुनारले सान्त्वना पुरस्कार जितीन ।

प्रकाशित मिति : बुधबार, माघ २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij