गैडहवा ।
गैडहवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिईएको छ । माघ २१ गतेसम्म पालिका भित्र रहेका एक हजार तीन सय जना वृद्धवृद्धाहरुलाई सम्मान तथा जाडोमा ओढ्ने ब्लाङ्केट वितरण गरि सकिएको गाँउपालिले जनाएको छ ।
वडाहरु २,३,४,६,७ मा अहिले सम्म कार्यक्रम गरेको गाउँपालिकाले जनाएको छ । ७० वर्ष पुगेका तथा सो भन्दा माथि उमेरका वृद्धवृद्धाहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष बच्छुलाल केवटले बताउनु भयो । बाँकी रहेका वडाका तथा छुटेका वृद्धवृद्धाहरुलाई अगामी दिनहरुमा सम्मान गरिने अध्यक्ष केवटको भनाई छ । उहाँले भन्नु भयो –“गाउँपालिका भित्र रहेका ७० वर्ष पुगेका तथा सो भन्दा माथि उमेर भएका वृद्धवृद्धा,गरिव,दालित,अपाङ्ग ब्यक्तिहरुलाई सम्मान सहित ब्लाङ्केट वितरण गरिएको छ, सम्मान कार्यक्रमलाई हामीले निरन्तरता दिने छौं ।”
आमा र बुबाले जन्म–कर्म दिने र ज्ञान, सिप,अनुभव प्रदान गर्ने तथा प्रेरणाका स्रोत भएकाले जेष्ठ नागरिक आमा–बु्बाहरुलाई माया,प्रेम र सधै सम्मान गर्नु पर्ने कुरामा उहाँले जोड दिनु भयो अध्यक्ष केवटले गाउँपालिका भित्र बालिका विमाको ब्यवास्था गरेको जानकारी दिदै “बेटि बचाउ बेटी पढाउ” अभियानलाई निरन्तरता दिइएको बताउनु भयो । गाउँपालिका भित्र फुसको छानो हटाउने र घरबास नभएकाहरुलाई बासोबास मिलाउने कार्यक्रमलाई अभियानका रुपमा संचालन गरिने समेत बताउनु भयो ।सम्मान कार्यक्रम आयोजना गरेकोमा आफुहरु खुसि भएको वृद्धवृद्धाहरुको भनाई थियो । कार्यक्रमले मनोवल बढाउने खालको कार्य गरेकोमा वृद्धवृद्धाहरुले धन्यवाद ब्यक्त समेत गरेका थिए ।
आज वडा नं। ४ मा भएको सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुभावति यादव, गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत चिरञ्जीवि घिमिरे, वडा अध्यक्ष, जनप्रतिनिधि, विभिन्न रानितिक दलका प्रतिनिधि, स्थानिय लगाएतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : बुधबार, माघ २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्