JanataToday.com

Advertisment

SKIP THIS

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि एघारौं चरणका खेलहरु सुरु हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि एघारौं चरणका खेलहरु सुरु हुँदै

काठमाडौं ।

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि एघारौं चरणका खेलहरु सुरु हुँदैछन् । एन्फा मैदान सातदोबाटोमा आज हुने पहिलो खेलमा मछिन्द्र क्लब र सरस्वती युवा क्लब भिड्नेछन् ।

मच्छिन्द्र यो खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ । उता सरस्वती क्लब पनि खेल जित्दैै रेलिगेशनबाट बच्ने अभियानमा हुनेछ । आजै सातदोवाटोमा हुने दोस्रो खेलमा त्रिभूवन आर्मी क्लब र एपीएफ क्लब भिड्नेछन् ।

शिर्ष स्थानमा रहेको आर्मी क्लबलाई उपाधि होड थप बलियो बनाउन आजको खेल जित्नुपर्ने दबाब छ । बराबरी वा पराजित भएको अवस्थामा उसलाई मच्छिन्द्र क्लबले उछिन्न सक्छ ।

आर्मी विरुद्धको खेलमा एपिएफ पनि दबाबमा हुनेछ । पाँच अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफ रेलिगेशनको खतरामा रहेको छ ।

प्रकाशित मिति : बिहिबार, माघ २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij