बौद्ध धर्मले नै चिनियो नेपाल’

बौद्ध धर्मले नै चिनियो नेपाल’

 

बुटवल ।

गौतम बुद्धको सन्देशबाटै नेपालको पहिचान विश्वका धेरै मुलुकमा पुगेको विज्ञहरुले बताएका छन् । भारतवर्षमा रहेकै समयमा विस्तार भएको बौद्ध धर्मले नेपाललको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको उनीहरुको भनाई छ ।
बुद्ध नेपालमा जन्मिएको भन्ने सन्देश कैयौ शताब्धि पूर्व नै छिमेकी चीन सहितका मुलुकमा विस्तार भएको विज्ञहरुले दाबि गर्नुभयो । लुम्बिनीमा जारी बौद्ध कला, संस्कृति एवं साहित्य महोत्सवमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरुले् बुद्धको शान्ति सन्देशले नेपालको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गर्नुभयो ।
सो अवसरमा बोल्दै पूर्व शिक्षामन्त्री एवं साहित्यकार मोदनाथ प्रश्रितले बुद्ध शिक्षाले शान्ति सन्देश प्रवाहमात्रै नभई समुन्नत समाज निर्माणको दिशानिर्देश गरेको बताउनुभयो । बौद्धकालीन समयमा रहेको जातीय विभेदको कटुआलोचक बुद्धका उपदेशबाटै विश्वलाई विभेदबाट मुक्त गर्न सकिने उहाले बताउनुभयो ।

‘बुद्धले अछुत जातकी चन्डालिकाले बोकेको पानी पिएर त्यसबारेमा उपदेश दिनुभएको थियो, समाज सुधारको त्यो निकै क्रान्तिकारी काम हो, अहिले त्यो सन्देशलाई अनुशरण गर्न आवश्यक छ, उनले भने ।
प्राज्ञ गोपिरमण उपाध्यायले बौद्ध दर्शन र त्यसको विस्तारका विषयमा कार्यपत्र प्रस्तुत गर्दै कैयन धर्मअनुयायीहरुले विश्वका कुनाकुनामा बौद्ध दर्शनको विस्तार गरेको बताउनुभयो । चिनिया बौद्ध यात्रीदेखि भारतीय, श्रीलंकन, नेपाली भिक्षुहरुले बौद्ध दर्शनको विस्तार र खोज अन्वेषण्मा महत्वपूर्ण काम गरेको बताउनभयो ।
बौद्ध दर्शनलाई सरलीकृत गर्ने राहुल सास्कृत्यानदेखि अहिलेको पुस्तासम्मले अध्ययन र अनुसनधान गरिरहेको बताए । ‘दर्शनलाई सामाजसंग जोडेर विश्वलेषण र अनुसन्धान भइरहेको छ, यसले बौद्ध दर्शनको विस्तारमा महत्वपूर्ण योगदान पुराउछ, उहाले भँन्नुभयो ।
चीनका लागि नेपाली पूर्व राजदूत टंक कार्कीले नेपाललाई विश्वमा चिनाउन धर्म नै पहिलो अस्त्र भएको बताउनभयो । ‘चिनको पूरानो राजधानी सियानमा बौद्ध धर्मको विस्तारसंगै नेपालको विषयमा चिनिया शासकले थाहा पाएका थिए, उहाले भने,‘नेपालको सबैभन्दा पहिलो कुटनीति भनेकै बौद्ध धर्म थियो ।’ भृकुटी जस्ता नेपाली नारीका कारण चीनसंगको कुटनीतिमा नेपालको सहयोग भएको बताउनुभयो ।उहाले आर्थिक कुटनीतिको आधार नै सांस्कृति भएको बताउनुभयाृे । संस्कृतिको उपज नै आर्थिक कुटनीति हो, उनले भने,‘जति सेल (बिक्री) गर्न सक्यो, त्यति फाइदा हुन्छ ।’ चीनमा बौद्ध धर्मको विस्तारमा पाचौ शताब्दीमा ह्ेवसाङ र सातौ शताब्दीमा फाहीयान आउनाले सहज भएको उहाले बताउनुभयो ।
अर्का पूर्वराजदूत खगनाथ अधिकारीले नेपालको पर्यटनको प्रमुख आधार भनेको बौद्ध धर्म भएको बताउनुभयो । धर्मकै माध्यमले विश्वमा मुलुकले कुटनीति सम्बन्ध राख्न सक्ने भन्दै धर्म र कुटनीति एकअर्काका पर्याय भएको बताउनुभयो । बौद्ध धर्मको कुटनीतिबाटै पर्यटनमा टेवा पुराउन सकिने उहाले बताउनभयो ।
थाइल्याण्डका कैयौ नागरिकहरु सिधै नेपाल घुम्न आउन चाहान्छन् तर स्तरीय सेवा सहितको हवाई पुहच छैन, जसकारण भारत हुदै नेपाल आउने पर्यटकको बाध्यता हो, उनले भने,‘बौद्ध पर्यटक नेपाल भित्र्याउन भैरहवा नै आउन सक्ने गरी हवाई रुट तय गर्नुपर्छ ।’ उनले स्थलमार्ग हुदै नेपाल आउने पर्यटकको सन्दर्भमा सीमाको अध्यागमनमा कडाई हुनुपर्ने बताउनुभयो ।
वरिष्ट पत्रकार डा. कुन्दन अर्यालले शान्तिवादी सञ्चारका लागि बुद्धका सन्देश महत्वपूर्ण रहेको बताउनभयो । अहिंसावादी सन्देशको उद्गम थलो नेपाल भएकाले त्यसको प्रर्वद्धनमा काम गर्नुपर्ने उहाको भनाई छ । पत्रकारितामा समेत अहिंसावादी विचारहरु प्रकट गर्नका लागि बौद्ध दर्शनको प्रभाव हुनुपर्ने उहाले बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा त्रिरत्न मानन्धरले बौद्ध दर्शन र विश्व शान्तिको विषयमा कार्यपत्र प्रस्तुत गर्दै शान्ति सिन्द्धान्तलाई विश्वव्यापी बनाउन आवश्यक रहेको बताउनुभयो। लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान प्रमुख प्रा.डा. गितु गिरीले प्रदेश ५ का पर्यटन उद्योगको सम्भावना केलाएका छन् ।

पुरातत्व विद् कोष प्रसाद आचार्यले तिलौराकोट उत्खनन् र भविष्यका चुनौतिका विषयमा कार्यपत्र प्रस्तुत गरे । अर्का पुरातत्वविद बसन्त बिडारीले प्राचिन तक्षशिला विश्वविद्यालयको महत्वको विषयमा कर्यपत्र प्रस्तुत गरे । प्याब्सनका दामोदर भुसालले मूल्यमा आधारित आजको शिक्षा विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।
तीन दिने महोत्सवमा आज कार्यपत्रमाछि छलफल सहित बौद्ध कला र संस्कृतिको प्रदर्शनी छ । शनिबारबाट मोन्लाम पुजा समेत शुरु भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्यले जानकारी दिनुभयो । महोत्सवको अन्तिम दिन आइतबार पूर्व सभामुख दमनाथ ढुंगाना, प्रोफेसर सुरेशराज शर्मा, डा. प्रेम कसजुले बौद्ध कला, दर्शन र नागरिक समुदायको विषयमा छलफल गर्दैछन् । आइतबार नै बौद्ध अध्ययनको विषयमा तीन विज्ञानले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : शनिबार, माघ २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij