भिआईपी ग्रुपद्धारा विश्व शान्ति सामुदायिक आधारभूत विद्यालयमा ट्रयाक शुट वितरण

भिआईपी ग्रुपद्धारा विश्व शान्ति सामुदायिक आधारभूत विद्यालयमा ट्रयाक शुट वितरण

 

बुटवल –भिआईपी ग्रुप प्राइभेट लिमिटेड बुटवलले ट्रयाक शुट वितरण कार्यक्रम आज सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिका वाड नम्बर ९ स्थित विश्व शान्ति सामुदायिक आधारभूत विद्यालय तिलोत्तमा ५ मा रहेको विद्यालयका बालबालिकाहरुलाई १५० वटा ट्रयाक शुट वितरण गरिएको हो ।

ट्रयाक शुट वितरण कार्यक्रममा बौल्दै कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका वाड नम्बर ९ का वडा अध्यक्ष नारायण न्यौपानेले भिआईपी ग्रुप प्राइभेट लिमिटेड बुटवलले गरेको सह्रानीय कामप्रति विशेष धन्यवाद दिदै आगामी दिनहरुमा यस्तै सामाजिक अभियन्ता युवाहरुको जमातले विभिन्न सामाजिक कार्यमा अग्रसर हुन सहयोग मिल्ने बताउनु भयो ।

हरेक काम गर्न सामुहिकता र एकता आवश्यक रहेको बताउदै विभिन्न सामाजिक संस्थाहरुले गरेको कार्यले विद्यालयका बालबालिकाहरुको मनोबल बढ्ने बताउनु भयो ।त्यस्तै सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पाण्डेले सम्पूर्ण संहयोगी प्रति आभार व्यक्त गर्दै यस विद्यालयलाई विभिन्न तवरण बाट सहयोग मिलेको बताउनु भयो ।

कार्यक्रममा संहयोगी ग्रुपका अध्यक्ष सुन्दर दर्जीले विभिन्न सामाजिक व्यक्तित्वहरुबाट संहयोग रकम संकलन गर्ने र सोही ग्रुपले विभिन्न कार्यक्रम गरी जम्मा गरेको रकमबाट सो सहयोग कार्यक्रम गरेको बताउनु भयो ।

त्यस्तै सामाजिक अभियानता दुर्गा गुरुङ्गले आधारभूत आवश्यकता गांस, बांस , कपास बाहेक अन्य लगानी शिक्षा क्षेत्रमा गर्न जोड दिनु भयो । कार्यक्रम विश्व शान्ति सामुदायिक आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पाण्डेको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका वाड नम्बर ९ का वडा अध्यक्ष नारायण न्यौपानेको प्रमुख आतिथ्यता, सामाजिक अभियन्ता दुर्गा गुरुङ्ग, सरिता श्रीस, सुन्दर दर्जी, लोक बहादुर नेपाली , दिनेश परिवार , नेत्र वन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।कार्यक्रम शिक्षक तारा प्रसाद अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : आइतबार, माघ २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij