मानव सेवा आश्रमको महायज्ञमा तीन करोड बढी संकलन

मानव सेवा आश्रमको महायज्ञमा तीन करोड बढी संकलन

बुटवल ।
मानव सेवा आश्रमले बुटवलमा सञ्चालन गरेको महायज्ञमा छैठौं दिनसम्म तीनकरोड रुपैयां भन्दा बढी रकम संकलन भएको छ । महायज्ञको छैठौं दिन आइतबार मात्रै एक करोड रुपैयां भन्दा बढी दान संकलन भएको महायज्ञकी आर्थिक संकलन समितिकी सह–संयोजक रुपा कार्की भण्डारीले जानकारी दिनुभयो ।
महायज्ञको पांचौ दिनसम्म करिब दुई करोड रुपैयां संकलन भएको महायज्ञ आयोजक मूल समिति संयोजक लोकनाथ भुसालले जानकारी दिनुभयो । बुटवल सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटको उत्तरतर्फ खुला चौरमा सञ्चालित महायज्ञको अवधि सकिन लाग्दा दान गर्ने दानवीरहरुको संख्या बढ्दै गएको महायज्ञका सह–संयोजक लेखबहादुर कार्कीले बताउनुभयो । मानव सेवा आश्रमको प्रदेशस्तरीय चारतले भवन बनाउन र अक्षयकोष स्थापनाका लागि आयोजित महायज्ञमा कथावाचक भागवत भाष्कर कमलनयन गौतमले संगीतमय कथावाचन गरिरहेका छन् ।
महायज्ञमा कलाकारहरुले विभिन्न धार्मिक झांकी, गीत, नृत्य र नाटकमार्फत मनोरन्जन पैदान गरेका छन् । संगीतमय भजनमा नाच्ने र रमाउनेको बाक्लो उपस्थिति महायज्ञमा हुने गरेको छ । प्रदेश ५ लाई सडक मानवमुक्त बनाई दुईसय जना बेसहारा र असहाय व्यक्तिलाई राखेर पालनपोषण गर्न भवन बनाउने मानव सेवा आश्रमको लक्ष्य छ । माघको २७ गतेसम्म सञ्चालन गरिने महायज्ञमा लक्ष्य अनुसार आर्थिक संकलन हुनेमा आफूहरु विश्वस्त रहेको महायज्ञ मूल समितिका सचिव गुनाराम घिमरले बताउनुभयो ।
मानव सेवा आश्रमको भवन बनाउन बुटवलको हिलपार्क परिसरमा जग्गाको व्यवस्थापन भइसकेको छ । भवन बनाउन प्रदेश सरकारले २५ लाख वजेट विनियोजन गरेको र बांकी रकम जुटाउन महायज्ञ गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । महायज्ञको अवधि थप्न भक्तजनहरुले माग गरेपनि अझै निर्णय भइनसकेको महायज्ञका महासचिव माधव नेपालले बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, माघ २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij