चीनको हुवेईका नागरिक तत्काल उद्धार गर्न मानव अधिकार आयोगको निर्देशन

चीनको हुवेईका नागरिक तत्काल उद्धार गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौ ।
राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेई प्रान्तमा रहेका नेपाली नागरिकहरूको तत्काल उद्धार गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । आयोगको आज बसेको आकष्मिक बैठकले सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिएको हो ।
विगत दुई हप्तादेखि छिमेकी राष्ट्र चीनको हुवेई प्रान्तमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकहरू त्यहाँ फैलिएको ‘कोरोना भाइरस’को संक्रमणबाट सन्त्रस्त भइरहेको र उनीहरूको शीघ्र जीवन रक्षा गरिदिन माग गर्दै निजहरूका अविभावकहरूले आयोग समक्ष जीवन रक्षाको माग गर्दै ज्ञापन–पत्र बुझाएका थिए ।
चीनमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकहरू कोरोना भाइरसको कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमा बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएको र जति लामो समय चीनमा रह्यो त्यति नै संक्रमणको जोखिममा रहेका छन् ।

प्रकाशित मिति : आइतबार, माघ २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij