एल साल्भाडोरका सेनाले कब्जा गरे संसद भवन

एल साल्भाडोरका सेनाले कब्जा गरे संसद भवन

काठमाडौँ ।
एल साल्भाडोरका सेनाले संसद भवन कब्जा गरेका छन् । आफ्नो माग पुरा गर्नुपर्ने भन्दै हतियारसहित सेना संसदमा छिरेको बीबीसीले जनाएको छ ।
अधिकारीहरुका अनुसार सेनाले आफूलाई राम्रो हतियारको व्यवस्था गर्नुपर्ने भन्दै १०९ मिलियन अमेरिकी डलरको ऋण विधेयक पारित गर्नुपर्ने माग गरेका छन् ।
राष्ट्रपति नायिक बुकेलीले संसदमा सम्बोधन गर्ने क्रममा ठूलो संख्यामा सेनाहरु संसद पसेको जनाइएको छ । सांसदहरुले यतिबेला सेनाको यस कार्यको विरोध गरेका छन् ।
एल साल्भाडोरमा सेना र प्रहरीभन्दा अराजक समूहको हतियार अत्याधुनिक हुने गरेको सेनाको भनाइ छ । उनीहरुको सामना गर्न सेनाले
राम्रो हतियारको माग गर्दै आएको छ । उक्त ऋण विधेयक पारित भए सेना र प्रहरीले राम्रा हतियार पाउनेछन् ।

प्रकाशित मिति : सोमबार, माघ २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij