तिलोत्तमा – लिटिल प्याराडाईज ईंग्लिश मिडियम स्कूल भलवारीले आफनो रजत महोत्सब बर्षको अवसर पारेर सप्ताहव्यापी रुपमा विभिन्न खेलकुद प्रतियोगीताको उत्सव शुरु गरेको छ । तिलोत्तमा नगरपालिकाका शिक्षा खेलकुद तथा युवा शाखा प्रमुख गंगाराम आचार्यको प्रमुख आतिथ्यता तथा स्कुलका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डोलराज बस्यालको अध्यक्षतामा खेल उत्सव शुरु गरिएको हो ।
सो कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका शिक्षा खेलकुद तथा युवा शाखा प्रमुख गंगाराम आचार्यले निजीस्तरको स्कुलले खेलेको भूमिका एकदमै सह्रानिय रहेको बताएका छन् ।विद्यार्थीको अन्तर्न्हिित प्रतिभाको प्रष्फुटन गर्ने उदेश्यले गरिएको यस्ता खाले प्रतियोगिताले विद्यार्थीमा बिद्यालय प्रतिको आकर्षण बढेको उनले बताए । सो कार्यक्रममा बिशिस्ट अतिथि खेलकुद बिकास समिति तिलोत्तमा नगरपालिकाका सदस्य प्रेम जी एम, जापान गोमोरियो कराते दो मिसन संघ का सस्थापक प्रमुख प्रशिक्षक तथा अध्यक्ष सेंसाई केबी राना , बिद्यालयका उपाध्यक्ष दान्प्रसाद उपाध्याय , प्रबन्ध निर्देशक माधव प्रसाद पाण्डे ,प्रिन्सिपल के एन सागर ज्ञवाली , दुर्गा गुरुङ , अभिभावक कृष्ण घिमिरे, लगायतले बोलेका थिए ।
तिलोत्तमा नगरपालिका वाड नम्बर ७ स्थिीत उक्त स्कुलले शुन्य पोलिथिन संगै विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ भने आजै बाट खेल उत्सव समेत शुरु गरेको छ । जस अन्तर्गत क्रिकेट प्रतियोगिता, भलिबल, ब्याडमिण्टन, सटपुट, हाईजम्प, लङ्गजम्प, म्युजिकल रेस, तातो आलु, चम्चा दौड, मिठाई दौड, शु एंड सक्स रेस, गणितिय रिले रेस, लगायतका खेलहरु संगै बक्तित्वकला, हाजिरीजवाफ, कबिता प्रतियोगिता, बादबिबाद प्रतियोगिता हुने हुने उक्त विद्यालयका प्रिन्सिपल के एन सागर ज्ञवालीले जानकारी दिनु भएको छ ।
रजत महोत्सवको अवसरमा संचालित सबै प्रतियोगितामा प्रथम , दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई विभिन्न पदक तथा मेडलबाट सम्मान गर्ने र गत वर्षका कक्षागत उतिर्ण विद्यार्थीहरुलाई पनि सोही अवसरमा पुस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : सोमबार, माघ २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्