वन वाटिकामा प्रदेश सरकारले वनस्पति उद्यान बनाउने

वन वाटिकामा प्रदेश सरकारले वनस्पति उद्यान बनाउने

बुटवल
रुपन्देहीको प्रमुख पर्यटकीय स्थल शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वन वाटिकामा प्रदेश सरकारले वनस्पति उद्यान बोटानिकल गार्डेन बनाउने भएको छ । वन वाटिका संघीय सरकारले घोषणा गरेका एक सय पर्यटकीय स्थल मध्येको एक हो । बोटानिकल गार्डेनको गुरुयोजना प्रदेश वन निर्देशनालयले बनाइसकेको र आगामी आर्थिक वर्षमा वजेट छुट्टाई काम शुरु गरिने छ । शंकरनगर सामुदायिक वन अन्तर्गतको वन वाटिकाको १७ हेक्टर क्षेत्रफलमा बोटानिकल गार्डेन बनाइने उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बताए ।

‘उद्यान बनाउन अघिल्लो वर्ष नै प्रदेश सरकारले २ करोड वजेट छुट्टाइएको हो, गुरुयोजना बनाउन ढिलाई हुंदा काम भएन’– शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको तेस्रो अधिवेशन उद्घाटनमा मन्त्री गिरीले भने–‘यो वर्ष गुरुयोजना तयार भइसकेको छ,अब आउंदो आर्थिक वर्षको वजेटमा रकम विनियोजन गरी काम शुरु हुन्छ ।’ वन वाटिका रुपन्देहीको मात्र नभई प्रदेश ५ कै सुविधासम्पन्न र राम्रो पर्यटकीय स्थलका रुपमा स्थापित भइसकेकाले प्रदेश सरकारले यहां लगानी गर्न खोजेको उनले बताए । वन वाटिकमा वनस्पति उद्यानसंगै प्राणी उद्यान ९चिडियाखाना०,स्वीमिङ पुल र होम स्टे सञ्चालनमा पनि प्रदेश सरकारले आगामी वर्ष लगानी गर्न सक्ने मन्त्री गिरीले बताए । नीजि क्षेत्रलाई तारे होटेल र रिसोर्टमा लगानी गरेर लाभ लिन पनि उनले सुझाए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले वन वाटिका पर्यटकीय स्थल मात्र नभई नगरपालिकाको प्रमुख सम्पदा भएकाले यसको थप पर्यटन प्रवद्र्धनका लागि १३ करोड लगानीमा १० तले भ्यू टावर बनाइएको बताए । अन्तिम चरणमा रहेको भ्यू टावर निर्माण सम्पन्न भएपछि पर्यटक आगमनले गुणात्मक फड्को मारी नगरपालिकाको विकास र समृद्धिमा टेवा पुग्ने घिमिरेले बताए ।
वन वाटिकाभित्र तीन बिघा क्षेत्रफलमा पार्किङ स्थल सहित नेपालकै नमूना र रमणीय पर्यटकीय स्थल बनाउने नगरपालिकाको लक्ष्य रहेको बताए । नगरप्रमुख घिमिरेले पर्यटकीय पुर्वाधारसंगै सरसफाई र स्वच्छ वातावरण कायम राख्न सके मात्र पर्यटकमा सकारात्मक र दीगो प्रभाव पार्न सकिने भएकाले शुन्य पोलिथिन र पूर्ण सरसफाईयुक्त बनाउन आग्रह गरे । वन वाटिकाभित्र ठूला सवारी साधनलाई प्रवेश निशेष गर्न पनि उनले सुझाव दिए । वन वाटिकाका अध्यक्ष बाबुराम अर्यालले सामुदायिक वनको उजाड क्षेत्रलाई २०६२ सालदेखि वन वाटिकाको रुपमा विकास गर्न थालेको र अहिले आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको थलो बनेको बताए । सामुदायिक वनको १ सय ५३ हेक्टर क्षेत्रफलमा पर्यटकीय पुर्वाधारहरु बनाउंदै जिल्लाकै प्रमुख गन्तव्य स्थल बनेको वन वाटिकामा वार्षिक करिब तीन लाख आन्तरिक र वाह्य पर्यटक आउने गरेका कोषाध्यक्ष गोपाल थापाले बताए । वीपी वाटिकामा जलाशययुक्त ताल बनाई डुंगा शयर गराउने योजना रहेको सचिव खिम पाण्डेले बताए । हाल वन वाटिकामा विभिन्न दलनिकट व्यक्तित्वका नाममा सात वटा पार्क,म्याङगो गार्डेन,बाल रेल,दुई दर्जन पिकनिक सेड,चमेना गृह,पुस्तकालय लगायतका पुर्वाधार छन् ।
वनवाटिका भित्र रहेको चिडियाघरमा डेढ दर्जन प्रजातिका वन्यजन्तु पशुपंक्षी छन् । अधिवेशन उद्घाटनका अवसरमा नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाई, कांग्रेस नगर सभापति हरिलाल पाण्डे,शंकरनगर सामुदायिक वनका अध्यक्ष राम गिरी,तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, तिलोत्तमा ४ का वडा अध्यक्ष दिवाकर ढकाल,आननद्यवन शंकरनगर खानेपानी तथा सरसफाई संस्थाका अधयक्ष केशवराज न्यौपाने,वीपी वाटिकाका अध्यक्ष प्रेमनारायण खरेल,समाजसेवी यमबहादुर खत्री,राष्ट्रिय जनमुक्ति पार्टीका गिरीप्रसाद राना लगायतले बोल्दै सामुदायिक वन र वन वाटिकाबीच सुमधुर सम्बन्ध कायम गरी वातावरण संरक्षण र पर्यटन विकास गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा वन वाटिकाका परिकल्पनाकार एवं अध्यक्ष बाबुराम अर्याललाई उनले पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो भने वन वाटिका स्मारिकाको विमोचन गरिएको थियो ।

प्रकाशित मिति : मंगलबार, माघ २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij