बुटवल ।
तिलोत्तमा नगरमा विहिबारदेखि तिलोत्तमा अन्तर वडा कप फुटबल प्रतियोगिता २०७६ हुने भएको छ । आज पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएको आयोजक तिलोत्तमा फुटबल एकेडेमीका अध्यक्ष तिलक नेपालीले बताउनुभयो ।
दक्ष जनशक्ति उत्पादन गर्ने, फुटबलको बारेमा आभारभुत ज्ञान दिने लक्ष्यसहित आफुहरु लागेको उनले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाले बताउनभयो ।
विहिबार उद्घाटन खेल वडा नं २ र वडा न १३ का बिचमा हुने खेल संयोजक सुर्य चापागाईले बताए । प्रतियोगिताको उपाधिका लागि तिलोत्तमा नगरका १७ वटा टिम प्रतिस्पर्धा गर्ने उनले बताउनुभयो । फागुन १ गतेदेखि १० गतेसम्म हुने प्रतियोगिताको आयोजना गर्न करीब ३ लाख खर्च हुने आयोजकको अनुमान छ ।
कार्यक्रममा क्लबका उपाध्यक्ष लाल प्रकाश थापामगर, सचिव युवराज पराजुलीले युवाहरुलाई खेलकुदमार्फत अगाडी बढाउने अभियानमा लागेको बताउनुभयो । क्लबका बाबुराम पाण्डे, भुमि सापकोटाले प्रतियोगिताको पुरस्कार सौजन्य गरेका छन ।
प्रकाशित मिति : बुधबार, माघ २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्