बुटवल ।
शुद्धोधनको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन उद्योग तथा व्यापारको पूर्वाधार’ भन्ने नाराका साथ फर्साटिकर व्यापार संघको आयोजनामा प्रथम राष्ट्रिय शुद्धोधन कृषि, पर्यटन तथा व्यापार मेलाआज देखि सुरु भएको छ ।
मेलाको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले गर्नुभएको थियो । मन्त्री भुसालले भौतिक विकासको तुलनामा कृषि क्षेत्रको विकास कम भएको बताउनुभएको छ ।
उहाले अब किसानहरु एकजुट भएर कृषि उत्पादन वृद्धि गरि कृषि क्षेत्रमा विकास गर्न आग्रह गर्नु भयो ।उहाले कृषिको उर्वरभूमि मधेसका जनतालाई कृषि उद्यमसँग जोडेर समृद्धिको मार्गमा अगाडि बढाउन सरकारले योजना ल्याउने तयारी गरिरहेको पनि बताउनभयो।
फर्साटिकर व्यापार संघका अध्यक्ष हुमकान्त पाण्डेले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै ग्रामीण उत्पादनलाई बजारीकरणका गर्न मेला आयोजना गरिएको बताउनुभयो । मेलामा १ सय २१ वटा स्टल छन् ।
मेलामा एक लाख दर्शकले अवलोकन गर्ने र दुइ करोड रुपैयाँ आर्थिक कारोबार हुने लक्ष्य लिइएको उनले बताए ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्