बुटवल,
नेपाली काँग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको आज (शुक्रबार) निधन भएको छ । नेपाली काँग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य स्वर्गीय उपाध्याय प्रति नेपाली काँग्रेस रुपन्देहीले शोक व्यक्त गरेको छ । नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले शोक वक्तब्य जारी गर्दै स्वर्गीय नेता उपाध्यायको आत्माको चिर शान्तीको कामना र परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ । नेपाली काँग्रेस क्षेत्र नं. ५ का क्षेत्रीय सभापती तथा महाधिवेशन प्रतिनिधि समेत रहनु भएका राष्ट्रियसभा सदस्य उपाध्यायको निधनले पार्टीलाइ अपुरणीय क्षती पुगेको सभापती रज्जाकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । स्वर्गीय नेता उपाध्यायको निधनमा नेपाली काँग्रेस रुपन्देहीले सात दिन पार्टीको झण्डा आधा झुकाउनुका साथै तीन दिन सम्म कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने भएको छ ।सभापती रज्जाकले नेता उपाध्यायको निधनले पार्टीलाइ अपुरणीय क्षती पुगेको भन्दै तीन दिन सम्म पार्टीले कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने र पार्टी कार्यालयमा सात दिन सम्म झण्डा आधा झुकाइने बताउनु भयो । २०४६ सालाको जनआन्दोलन देखि नै नेपाली काँग्रेसमा सक्रिय रहनुभएका उपाध्याय रुपन्देही क्षेत्र नं ५ मा दुइ पटक क्षेत्रीय सभपाती हुनुभयो । २०५४ सालमा साविकको मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७४ को माघमा उहा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उपाध्याय लुम्बिनी विकास कोषको कार्यकारीणी सदस्य समेत हुनुहुन्थ्यो । बुवा जंगीप्रसाद उपाध्याय र आमा सोनमती उपाध्यायका कोखबाट २०२६ सालमा जन्मनुभएका उपाध्याय केही समय यता क्यान्सर रोगबाट पिडीत हुनुहुन्थ्यो । ५० बर्षको उमेरमा लुम्बिनी सांस्कृतिक नगरपालिका १० स्थित आफनै निवासमा उपाध्यायको आज बिहान निधन भएको हो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्