बुटवल
प्रदेश स्थापना दिवशको अवसरमा सामाजिक विकास मन्त्रालयले शुक्रवार ‘संमृद्ध प्रदेश खुसी जनता’ शिर्षकमा खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा कपिलवस्तुका जगनाथ घिमिरे प्रथम भएका छन ।घिमिरे अन्य १४ जना प्रतिस्पधीलाई पछि पार्दे प्रथम भएका हुन । उनले नगर २५ हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरे । वाकेका जीवराम वन द्धितिय भएका छन । उनले १५ हजार नगद पुरस्कार प्राप्त गरे । त्यसै गरी गुल्मीका भिमलाल भण्डारी तृतीय भएका सामाजिक विकास मन्त्रालयका अधिकृत वेगम केसीले जानकारी दिए । उनले १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरे ।
अर्घाखाचीका कमल प्रसाद घिमिरे, गुल्मीका मित्र प्रासद गौतम र सन्तोष ज्ञवाली सान्तवना भई ५ हजारका दरले पुरस्कार प्राप्त गरेका छन । मन्त्रालयका सचिव डा। गोपीकृष्ण खनालले उत्कृष्ट प्रतियोगी श्रष्टाहरुलाई पुरस्कार प्रदान गर्दे कविता मार्फत प्रदेशको भाव झल्कीएको बताए । कार्यक्रममा उपसचिव केशव केशव अर्यालले कविता प्रतियोगिता आयोजना गर्नुको उदेश्य माथी प्रकास पारेका थिए ।नविन औद्योगिक कदरबहादुर रिता माविमा भएको उक्त प्रतियोगिताको निर्णयकमा डा मुरारी पराजुली, ऋषिराम भूसाल र इन्दिरा अर्याल रहेका थिए । प्रदेश स्थापना दिवशको अवसरमा वुटवल उपमहानगरपालिकाको संयोजनमा बुटवलमा सरसफाई कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्