प्रदेश ५ का मुख्यमन्त्री पोखरेलद्धारा प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना


शनिबार, फाल्गुन ३, २०७६

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलद्धारा प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना

बुटवल ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना दिनुभएको छ । उहाले भन्नुभएको छ
प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु नेपाली जनताको लामो संघर्ष र बलिदानले नै सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो । नेपालको संघीय शासन प्रणाली मौलिक खालको शासन प्रणाली हो । संघीय शासन व्यवस्थामार्फत जनआकांक्षा पूरा गर्न हामी कृतसंकल्पित छौं । जननिर्वाचित राजनैतिक नेतृत्वले शून्यबाट काम थाल्दै अघि बढ्दा आज दुई वर्ष पुगेको छ । यहाँसम्म आइपुग्दा आधारभूत रुपमा अघि बढ्ने संरचना खडा गर्दै पूर्णतः क्रियाशिल हुने वातावरण तयार भएको छ । प्रदेशको आवधिक योजना तयार भएको छ । आफूलाई चाहिने आधारभूत कानून निर्माण गर्न सफल भएका छौं । कर्मचारी समायोजन टुंगो लागेर प्रशासनिक संरचना तयार भई क्रियाशिल भएको छ । शून्यबाट काम थाल्दै अघि बढेको प्रदेश सरकार नागरिकले सुन्ने र देख्ने विन्दुमा आइपुगेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्दति र शैलीका रुपमा स्थापित हुनुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्दतिको रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने छन् ।
संविधानले तीन तहका सरकारहरुबीच सहअस्तित्व, समन्वय, र सहकार्यको परिकल्पना गरेको छ । प्रत्येक तहका एकल सहित साझा संवैधानिक अधिकार र दायित्वहरु पूरा गर्न बुझाईमा एकरुपता, आपसी सामञ्जस्यता र सहकार्य जरुरी पर्छ । संविधानको मर्मलाई आत्मसात गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक छ । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयनलाई हामी ध्यान दिइरहेका छौं ।
समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य बोकेर प्रदेश सरकार अघि बढिरहेको छ । संघीय सरकारले समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्य अघि सारेको छ । हामी प्रदेशको विकास र समृद्धिको बाटोवाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदानका लागि संकल्पित छौं । प्रदेश स्थापना दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्दछु ।
अन्त्यमा, प्रदेश स्थापना दिवसका अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३, २०७६ , ११:३० बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology