लक्ष्मीनगर टोल बिकास संस्था क बुटवल ४ लक्ष्मीनगरको सातौ साधरण सभा सम्पन्न

लक्ष्मीनगर टोल बिकास संस्था क बुटवल ४ लक्ष्मीनगरको सातौ साधरण सभा सम्पन्न

बुटवल
लक्ष्मीनगर टोल बिकास संस्था क बुटवल ४ लक्ष्मीनगरको सातौ साधरण सभा आज सम्पन्न भएको छ । साधरण सभामा बोल्दै वुटबल उपमहानगर पालिका वडा न ४ का वडा अध्यक्ष टंक पराजुलीले टोल बिकास संस्थाले गरेका कामको प्रसंसा गर्नुभएको छ । वडाले गर्ने हरेक काममा टोल बिकास संग सहकार्य गर्ने समेत बताउनुभएको छ । साधरण सभामा अध्यक्ष गंगा पन्थीले बर्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थामा एक घर एक एक शेयर सदस्य का रुपमा ९१ घरधुरी बाट मासिक बचत संकलन गरी सदस्यको आबस्यकता बमोजीम सुलभ ब्याज दरमा ऋण प्रदान समेत गर्दै आएको जानकारी दिनुभएको थियो । त्यस्तै टोल बिकास संस्थाको जिम्मेवारी धेरै बजेट थोरै हुदाँ काम गर्न समस्या भएको उहाले बताउनुभएको छ । टोल बिकास संस्थाले साधरण सभाको अबसरमा लक्ष्मी माध्यमिक बिद्यालयलाइ २ थान पंखा हस्तान्तरण गरेको छ । जेष्ठ सदस्य ९१ बर्षिय मन्दरी थापा ७३ बर्षका हरी बलाल ७५ बर्षका हनुमान शाक्य र ७२ बर्षका अत्तरलाल चुकेलाई सम्मान गरेको छ । कार्यक्रममा लक्ष्मीनगर बिकास समितीका कार्यबहाक अध्यक्ष गोकर्ण प्रसाद ज्ञवाली , रुपान्तण बचत तथा ऋण सहकारी संस्था का कार्यबहाक अध्यक्ष हरी पौडेल , लक्ष्मी पार्क बुटवल ४ का कार्यबहाक अध्यक्ष दुर्गा प्रसाद शमा र्, लक्ष्मी माध्यमिक बिद्यालयलका प्रधानध्यापक लक्ष्मी गुरुङ्ग , रडियो मुक्तिकी प्रतिमा गौतम , श्रीनगर टोल बिकास संस्थाका कमला सुबेदी लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियो।
कार्यक्रम संस्थाका उपाध्यक्ष माया क्षेत्रीको स्वागत तथा सचिब यमकुमारी बुढा खनालको संचालनमा सम्पन्न भएको थियो

प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij