काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतको सेनाका सेनाध्यक्ष सर मार्क कार्लटन स्मिथले आज शिष्टचार भेटवार्ता गरेका छन् ।नेपालको चार दिवसीय भ्रमणका लागि शनिबार काठमाडौं आएका सेनाध्यक्ष स्मिथले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गरेका थिए ।सेनाध्यक्ष स्मिथले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा वीर स्मारकमा माल्यार्पण गरेका थिए ।
उनको सम्मानमा जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।उनले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण गर्नाका साथै पोखराको अवलोकन गर्नेछन् ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्