बुटवल – दिप बोर्डिङ स्कूल, बुटवलले स्थापना गरेको खेलकुद पत्रकारिता पुरस्कार–२०७६ बाट पत्रकार हरिश ढकाल पुरस्कृत भएका छन् । सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सो पुरस्कार पत्रकार ढकाललाई प्रदान गरिएको थियो ।
विद्यालयले आफ्नो ३५ औं बार्षिक उत्सवका अवसरमा स्थापना गरेका सो पुरस्कार पाउने ढकाल पाचौं पत्रकार हुनुहुन्छ । यस अघि सो पुरस्कारबाट पत्रकारहरु सुमन अधिकारी, स्वष्तीक श्रेष्ठ, दिपक न्यौपाने र यमला भुसाल पुरस्कृत भैसक्नु भएको थियो ।
पुरस्कृत ढकाललाई पुरस्कार राशी, प्रमाणपत्र र माया चिनो विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजु, प्राचार्य कलाधर अर्याल, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवालीले संयुक्त रुपमा प्रदान गर्नु भएको थियो । सो पुरस्कारको राशी रु. १० हजार नगद रहेको छ ।
गत दुई दशक अगाडीदेखि बुटवलमा फोटो पत्रकारिताको सुरुवात गर्नु भएका ढकालले यस क्षेत्रको खेलकुद, शिक्षा, स्वाश्थ्य तथा सामाजिक मुद्दाहरुमा कलम चलाउदै आउनु भएको छ । हाल नेपाल टेलिभिजनमा कार्यरत ढकालको जिवनी र उहाको पत्रकारिताका बारेमा नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले जानकारी गराउनु भएको थियो ।
प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्