कांग्रेस रुपन्देहीद्धारा बिभीन्न निर्णय

कांग्रेस रुपन्देहीद्धारा बिभीन्न निर्णय

भैरहवा

नेपाली कांग्रेस रुपन्देहीले बिभीन्न निर्णय गरेको छ । कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा मगंलवार भैरहवा बसेको कार्यसमीतीको बैठकले राष्ट्रिय सभा सदस्य एवं पार्टीका नेता माननीय दुर्गा प्रसाद उपाध्यायको निधनमा तिनदीनसम्म पार्टीको आधीकारीक कुनै काम नगर्ने निर्णय बिपरीत कार्यक्रममा सहभागी भएको भन्दै १२ जनालाई सातदिन लिखीत स्पष्टिकरण माग गरेको छ ।

उपाध्यायको गत सुक्रवार निधन भएको थियो । सुक्रवार, सनिवार र आईतवार सम्म पार्टीले कुनै कार्यक्रम नगर्ने र पार्टी सुभेच्छुक एवं भातृसंस्था हरुले समेत आयोजना गरेका कार्यक्रममा सहभागी नहुने जनाएको थियो । तर शनिवार नेपाल बिद्यार्थी सघं भैरहवा बहुमुखी क्याम्पसले आयोजना गरेको बनभोजमा सहभागी भएको भन्दै जिल्ला स्तरीय नेताहरुलाई कार्वाही स्वरुप स्पष्टिकरण सोध्ने निर्णय गरेको सभापति रज्जाकले जानकारी दिए ।

त्यस्तै पार्टीले स्वर्गीय उपाध्यायको १३ औं पुण्य तिथीमा उनको निवास लुम्विनी स्थीत मधुवनीमा यही फागुन १२ गते सोक सभा समेत गर्ने भएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सभापति एवं पुर्व प्रधानमन्त्री सेरबहादुर देउवा आउने समेत पार्टीले जनाएको छ । पार्टीले बुधवार प्रजातन्त्र दिवसको अवसरमा बिपी अध्यन प्रतिष्ठान बुटवलले संकरनगरमा आयोजना गर्ने बिचार गोष्ठिलाई सयुत्त रुपमा मनाउने भएको छ । फागुन २२ मा पार्टी कार्यालय भैरहवामा सहीद यादव नाथ आलोक र राम प्रसाद चौधरीको स्मृतीमा कार्यक्रम समेत गर्ने पार्टी सचिव रामकृष्ण खाँणले जानकारी दिए । उनका अनुसार यही फागुन मसान्त भित्र सवै क्रिर्यासिल सदस्यता नवीकरण गराई सक्ने र सवै बडा स्थानीय तह तथा बडाहरुमा संियताको आधारमा पार्टीको समायोजन गरी केन्द्रलाई जानकारी गराउने समेत भएको छ । कागं्रेस रुपन्देहीले ललीता निवास जग्गा प्रकरणमा पुर्व प्रधानमन्त्री द्धय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई तथा पुर्व मुख्य सचिव लिलाल मणी पौडेललाई पनि मुद्धा चलाउन माग गरेको छ । काग्रेस रुपन्देहीका आमन्त्रीत सदस्य मुक्ती पौडेल नेवीसघंको केन्द्रीय उपाध्यक्ष भएकोमा बधाई ज्ञापन समेत गरेको छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij