JanataToday.com

Advertisment

SKIP THIS

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता जारी

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता जारी

बुटवल
बुटवलमा जारी तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता अन्तरगत विभिन्न ईभेन्टका खेलहरु सम्पन्न भएका छन । रुपन्देही लन टेनिस संघको आयोजनामा मंगलबार भएको वोमन्स सिगलतर्फ भगवती विकले प्रिति गौतम, सलोनी तामाङले रुसाली श्रेष्ठ, प्रकृति श्रेष्ठले अलिसा श्रेष्ठ र ईन्द्रकला श्रेष्ठले पुजा अर्याललाई समान ६–०, ६–० को सोझो सेटमा पराजित गरेका छन ।
मेन्स सिगलतर्फको खेलमा रितिक रानाले अन्जन थेन्जुलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरेका छन ।
यसैगरि मेन्स डबल्सतर्फको खेलमा भिष्म काउचा र रितिक रानाको जोडीले सन्जय श्रेष्ठ र विकास खड्काको जोडीलाई ६–०, ६–३ तथा सम्यकबिक्रम बज्राचार्य र निरज गुरुङको जोडीले निशान श्रेष्ठ र अन्जन थेन्जुको जोडीलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दै सेमीफाईनल प्रवेश गरेका छन ।
यसैगरि ३५ वर्ष प्लस उमेर समुहमा कमल भण्डारीले राजन पौडेललाई ६–१, ६–१ को सोझो सेट, सन्जय प्रसाद श्रेष्ठले सबिर मियालाई ६–०, ६–२ को सोझो सेट, राजु श्रेष्ठले अर्जुन गुरुङलाई ६–२, ६–० को सोझो सेटमा पराजित गरेका छन । रामु बिक वाकओभर पाएर दोस्रो चरणमा प्रवेश गरेका छन ।
यसैगरि ३५ वर्ष उमेर समुहको डबल्सतर्फ सरण गुरुङ र राजन पौडेलको जोडीले अनिल सेन्चरी र शेषमणीको जोडीलाई ६–०, ६–१ तथा राजु श्रेष्ठ र दुर्गा केसीको जोडीले सोम राना र सबर मियाको जोडीलाई ६–०, ६–० तथा सुकमान तामा र अन्जन बानियाको जोडीले प्रेम थापा र असोक गुरुङको जोडीलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गर्दै सेमीफाईनल प्रवेश गरेका छन । यसैगरि कमल भण्डारी र चन्द्र शाही वाकओभर पाएका छन ।
यसैगरि ४५ वर्ष उमेर समुहको डबल्सतर्फको खेलमा गोपी भट्टराई र धर्मसिह लामिछानेको जोडीले अर्जुन गुरुङ र गोपाल ज्ञवालीको जोडीलाई ६–०, ६–१ तथा उत्तम बोगटी र सुर्य भुजेलको जोडीले नबिन चालिसे र धर्म कोईरालाको जोडीलाई ६–४, १–६, १०–७ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।
यसैगरि ५५ वर्ष उमेर डबल्समा राजु गुरुङ र बसन्त प्रधानको जोडीले राजेन्द्र घिमिरे र कर्ण तामाङको जोडीलाई ७–५, ६–७, १०–२ तथा मनोज राना र धु्रव गुरुङको जोडीले अब्दुल सहमद र मनोज बस्नेतको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका छन । राजु गुरुङ र बसन्त प्रधानको जोडीले मनोज राना र धु्रव गुरुङको जोडी बिच उपाधि भिडन्त बुधबार हुने छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij