भैँसी चाेरेकाे आराेपमा दुई जना पक्राउ

भैँसी चाेरेकाे आराेपमा दुई जना पक्राउ

स्याङ्जा
भैँसी चोरी गरेको आरोपमा प्रहरीले भीरकोट नगरपालिका २ का २४ वर्षीय अजमत अलि र २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।
उनीहरुले ग१ज ५८४१ नम्बरको जीपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदै गर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि मङ्गलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
भीरकोट नगरपालिकाका तेजबहादुर केसीको दुई वर्षको पाडी र भीरकोट २ की जमुना केसीको सात वर्षको लैनो भैँसी गोठबाटै चोरी भएको थियो । पीडित किसानले गोठबाटै भैँसी हराएको उजुरी दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो । खोजीकै क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तेजबहादुर केसी र जमुना केसीलाई भैँसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको कार्यालयका प्रमुख, प्रहरी निरीक्षक इन्स्पेक्टर निरञ्जन घिमिरेले जानकारी दिनुभयो । चोरी कार्यमा संलग्नलाई जिल्ला अदालतमा म्याद थपी अनुसन्धान थालिएको जनाएको छ ।
चोरी गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने भन्दै भीरकोट नगरपालिकाका स्थानीय बासिन्दा वडा प्रहरी कार्यालय वालिङ पुगेका थिए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij