JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उबासंघ रुपन्देहीको स्थापना दिवसमा रक्तदान: भोली दीपावली गरिने

बुटवल उबासंघ रुपन्देहीको स्थापना दिवसमा रक्तदान: भोली दीपावली गरिने

 

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको स्थापना दिवसको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । संघको ६७ औं स्थापना दिवसको अवसर पारेर रक्तरञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा शुक्रबार संघको सचिवालय बालमन्दिर परिसरमा रक्तदान कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा संघका अध्यक्ष खिमबहादुर हमाल, पूर्वअध्यक्षहरु निर्मलप्रसाद लाकौल, अर्जुनमान सैंजु कार्यक्रम संयोजक प्रकाशकुमार श्रेष्ठ र नारायण खनालले रगत संकलन गर्ने ब्लड व्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

बुटवल उद्योग बाणिज्य संघको २००९ साल फागुन १० गते स्थापना भएको थियो । संघको स्थापना दिवसको अवसरमा बस्तुगत समितिहरुद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा संघका पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरु, बस्तुगत समितिका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरु गरि ६८ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक नारायण खनालले जानकारी गराउनु भयो ।

संघको स्थापना दिवसको अवसरमा भोली शनिबार साँझ संघको सचिवालय परिसरमा दीपावली कार्यक्रम गरिने छ । तीनदिन बिशेष कार्यक्रम गरि मनाउने तयारी गरेको संघको स्थापना दिवसकै अवसरमा आईतबार संघको सभाहलमा व्यबसायिक समस्याका बिषयमा अन्तरक्रिया लगायतका कार्यक्रम तय गरिएको स्थापना दिवस बिशेष कार्यक्रम संयोजक प्रकाशकुमार श्रेष्ठले बताउनु भयो ।

सोही अवसरमा संघले प्रत्येक स्थापना दिवसमा गर्दै आएको पूर्वअध्यक्ष सम्मानबाट यो वर्ष पूर्वअध्यक्ष महेशकुमार राजभण्डारीलाई सम्मान गरिने छ । संघको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष एक जना पूर्व अध्यक्षलाई सम्मान गर्दै आईएको छ । त्यस बाहेक पनि बस्तुगत समितिहरुको तर्फबाट स्थापना दिवसकै अवसरमा छुट्टा छुट्टै कार्यक्रमहरु निर्धारण गरिएका छन् ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij