JanataToday.com

Advertisment

SKIP THIS

रिसन खेल महाेत्सवमा लिटिल प्याराडाईज प्रथम

रिसन खेल महाेत्सवमा लिटिल प्याराडाईज प्रथम

 

तिलोत्तमा –रुपन्देही एकीकृत विद्यालय संगठन नेपाल रिसनको आयोजनामा तिलोत्तमाको कुन्जलापुरमा आयोजित २ दिने खेल महोत्सवमा सर्वाधिक ६१ अंक प्राप्त गर्दै लिटिल प्याराडाईज ईगंलिश मिडियम स्कूलले पहिलो स्थान हात पार्न सफल भएको छ ।

शुक्रबारबाट शुरू भएको प्रतियोगितामा ५८ अंक प्राप्त गर्दै लर्ड बुद्घ बोर्डिगं स्कूलले दोस्रो र ५४ अंक प्राप्त गरेको पामिर ईन्टरनेशनल एकेडेमी शंकरनगरले तेस्रो स्थान हात पार्न सफल भए । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने हेतुले २ दिनसम्म चलेको रिसन खेल महोत्सवमा तिलोत्तमा नगरभित्रका रिसनमा आबद्घ ९ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

जस अन्तर्गत शनिबार ज्याभलिन थ्रो, सर्टपुट, हाईजम्प, २०० मीटर दौड, सिनियर तर्फको ४०० × ४ मीटर रिले दौंड एंव सिनियर तर्फ कै १५०० मीटर दौडं प्रगियोगिताहरू सम्पन्न भएका छन ।

यसअघि शुक्रबार एथलेटिक्स तर्फको छात्र छात्रा दुवै विधामा सव जुनियर १०० मीटर, जुनियर १०० मीटर तथा सिनियर विधा तर्फको १०० मीटर दौंडका फाईनल प्रतिस्प्रर्धा, जुनियर एंव सिनियर तर्फको ४०० मीटर रिले दौंडका फाईनल प्रतिस्प्रर्धा सम्पन्न भएका थिए । त्यस्तै जुनियर र सिनियर तर्फको ८०० मीटर दौंड, छात्र छात्रा तर्फ सव जुनियर, जुनियर र सिनियर विधामा लगंजम्पको फाईनल तथा सव जुनियर, जुनियर र सिनियर तर्फको ४०० × १०० मीटर रिले दौंडका फाईनल प्रतिस्प्रर्धाहरू समेत शुक्रबार नै टुगों लगाईएको खेल संयोजक लक्ष्मण अर्यालले जानकारी दिए ।

कक्षा एकदेखि दशसम्मका छात्र छात्रा सहभागी खेल महोत्सवमा एक देखि चार, पाँचदेखि सात र आठदेखि दस गरी जुनियर, सव जुनियर र सिनियर गरि विभिन्न विधामा खेलहरु आयोजना गरिएको थियो । अंकका आधारमा खेलहरू खेलाईएको रिसन खेल महोत्सवमा अंकका आधारमा बिजेता घोषणा गराईएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शिल्ड, मेडल तथा प्रमाणपत्रले सम्मान गरिएको रिसनका खेल संयोजक लक्ष्मण अर्यालले जानकारी दिएका छन । समापन कार्यक्रमका प्रमुख अतिथि एंव प्याब्सन प्रदेश न ५ का उपाध्यक्ष खेमेन्द्र रानाले जित हार भन्दा पनि स्वस्थ जीवन यापन र विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न पनि यसखाले प्रतियोगिता उपयोगि हुने भन्दै रिसनलाई बधाई एवं शुभकामना दिएका छन ।

साथै उनले सयौं मीलको यात्रा एउटा पाईलाबाटै शुरू हुने भएकाले विद्यार्थीहरूले उत्साहपूर्वक खेल महोत्सवमा भाग लिएकोमा बधाई एवं शुभकामना दिए ।

रिसन रूपन्देहीका अध्यक्ष दीपक खनालको अध्यक्षता एवं रिसन रूपन्देहीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मण अर्यालको स्वागत रहेको कार्यक्रममा रिसन रूपन्देहीका सल्लाहकार एवं प्याब्सन जिल्ला उपाध्यक्ष कमल प्रसाद रेग्मी, रिसन कार्यसमिति कोषाध्य़क्ष ज्ञान बहादुर थापा, सदस्य रमेश श्रेष्ठ, नेपाल एथलेटिक्स महासंघका केन्द्रिय कोषाध्यक्ष मोहन घले, लिटिल प्याराडाईजका प्रबन्ध निर्देशक माधव प्रसाद पाण्डे, उमा निमावि कुन्जलापुरका प्रअ तेज प्रसाद पौडेल लगायतको उपस्थिति एवं रिसन रूपन्देहीका वरिष्ठ उपाध्यक्ष केएन सागर ज्ञवालीले कार्यक्रमको सन्चालन गरेका थिए ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij