JanataToday.com

Advertisment

SKIP THIS

लिटिल प्याराडाईजद्धारा जिल्लास्तरीय भलिबल प्रतियोगिताको आयोजना

लिटिल प्याराडाईजद्धारा जिल्लास्तरीय भलिबल प्रतियोगिताको आयोजना

 

तिलोत्तमा – रजत जयन्ती मनाईरहेको रूपन्देहीको तिलोत्तमा ७ भलवारी स्थित लिटिल प्याराडाईज ईगंलिश मिडियम स्कूलद्घारा आयोजित जिल्लास्तरीय अन्तर महिला शिक्षक भलिबल प्रतियोगिताको उपाधी सेन्ट जोसेफ मावि भलवारीले हात पार्न सफल भएको छ । बेस्ट अफ ३ को नियमानुसार खेलाईएको जिल्लास्तरीय भलिबल प्रतियोगितामा जिल्लाभित्रका कुल १२ वटा विद्यालयको सहभागिता रहेको थियो भने प्रतियोगिताको फाईनलमा कडा प्रतिस्प्रधाका बिच नवज्योतिलाई २१/२५ र १५/ २५ को सोझो सेटमा हराउदै सेन्ट जोसेफ मावि भलवारीले उपाधि माथि कब्जा जमाएको हो ।

त्यस्तै सेमीफाईनलमा पराजित आयोजक लिटिल प्याराडाईज र एभरेष्ट बोर्डीगं स्कूल बुटवलले तेस्रो स्थानमा चित्त बुझाएका छन ।

 

प्रतियोगितामा प्रथम, द्घितिय र तृतीय हुने विद्यालयका सहभागी प्रतियोगिहरूलाई शनिबार नै एक समारोहका बिच नगद सहित शिल्ड, प्रमाणपत्र र मेडलद्घारा पुरस्कत गरिएको विद्यालयका प्रबन्ध निर्देशक माधव प्रसाद पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा सेन्ट जोसेफ की सुष्मा गुरूगंले बेस्ट प्लेयरको उपाधि चुमिन भने उपविजेतामा सिमित बनेको नवज्योति की मनु रेग्मीले वेष्ट सर्भरको पुरस्कार जित्न सफल भएको खेल संयोजक जनक घिमिरेले जानकारी दिए । यसअघि उद्घघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला भलिबल संघ रूपन्देहीका अध्यक्ष योग गुरूगंले पछिल्लो पटक राष्ट्रिय खेलको उपमा पाएको भलिबल खेलको महत्व बढ्दै जाँदा लिटिल प्याराडाईजले आयोजना गरेको जिल्ला स्तरीय प्रगियोगिताले राष्ट्रिय खेलाडी उत्पादनमा समेत महत्वपूर्ण टेवा पुर्याउनेमा आफु आशावादी रहेको बताए । त्यस्तै विशिष्ट अतिथिको तर्फबाट मन्तब्य दिदै तिलोत्तमा नगरपालिकाका खेल समिती संयोजक राजेन्द्र गुरूगंले नगरपालिकाले खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाउदै विद्यालय स्तरमा आयोजित जिल्लास्तरीय भलिबल प्रतियोगिता आयोजना गरेकोमा लिटिल प्याराडाईजलाई धन्यवाद साथै विद्यालयले मनाईरहेको रजत जयन्ती समारोहको पूर्ण सफलताको कामना गरे ।

विद्यालयका अध्यक्ष डोलराज बस्यालको अध्यक्षतामा सन्चालित भलिबल प्रतियोगितामा बोल्दै विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले शारिरीक, मानसिक र आध्यात्मिक तीनै विधामा विद्यार्थी उत्कृट हुनेगरि पठन पाठनको पद्दति बसाल्न सम्पूर्ण विद्यालय एवं शिक्षक साथीहरूलाई आग्रह गरे । प्रतियोगिताको उद्घघाटन एवं समापन सत्रको सन्चालन विद्यालयका सह प्राचार्य राजेश केसीले गरेका थिए ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij