प्रधानमन्त्री ओली ६९ वर्षमा प्रवेश, बालुवाटरमा विशेष कार्यक्रम

प्रधानमन्त्री ओली ६९ वर्षमा प्रवेश, बालुवाटरमा विशेष कार्यक्रम

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले  ६९ औं जन्मदिन मनाएका छन्। विक्रम संवत् २००८ साल फागनु ११ गते तेह्रथुमको आठराईमा जन्मिएका प्रधानमन्त्री ओली ६८ पूरा गरी ६९ वर्षमा प्रवेश गरेका छन्। जन्मदिनको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गुलाफको फूलको माला लगाइदिएर जन्मदिनको शुभकामना दिए। प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली, पत्नी राधिका शाक्य, नेकपाका नेता सुवासचन्द्र नेम्वाङ, परिवारका सदस्य तथा शुभेच्छुकहरूहरूले प्रधानमन्त्रीसँग जन्मदिनको खुसी साटेका छन्। त्यस्तै प्रधानमन्त्री ओली आफ्नो जन्मदिन मनाउन केहीबेरमा जन्मथलो तेह्रथुम जाँदै छन्।

प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij