माटो र जननीको संरक्षण अबको नयाँ नेपालको संकल्प


आइतवार, फाल्गुन ११, २०७६

माटो र जननीको संरक्षण अबको नयाँ नेपालको संकल्प

मानव सभ्यताको विकास क्रमदेखी अहिले सम्म हामी मानवजातीले पृथ्विवाट वृहत लाभ लिईरहेका छौ । वर्तमान युगसम्म आईपुग्दा खोज र अनुसन्धानका लागी विज्ञानमा ठुलो फड्को मारिसकेका छौ । तथापी बढ्दो जनसख्या र त्यसको मागलाई परिपुर्ति गर्न चरम प्राकृतिक श्रोतको उपभोग गर्ने क्रम पनि निरन्तर बढीरहेको छ । वनफडानी, भुक्षय, अव्यवस्तीत शहरिकरण, औधोगिकीकरण, ईन्धनको उत्सर्जन, कृषिमा आधुनिकिकरण, जमीनमा फेरवदल अहिलेका जलन्त उदाहरणहरु हुन् । यस्ता मानविय क्रियाकलापले प्राकृतिक श्रोतको असन्तुलन बढ्दै वायुमण्डलमा कार्वनडाईअक्साईड ग्याँसको मात्रा बृद्धि भई हरितगृह ग्याँसको तापक्रममा पनि वृद्धि भएको छ । यसको नकारात्मक प्रभाव ओजन तहमा समेत परेको छ । पछिल्ला केहि शताव्दिमा पृथ्विको धरातलिय तापक्रम पनि क्रमीक रुपमा बढ्दै गएको छ । यसको असरले उर्वरशिल कृषि भुमीको क्र्रमीक विनास सँगै जैविक विविधता भएका जलाधार र सीमसार क्षेत्र सुख्खा बन्दै गएका छन् ।

त्यस्तै हिमनदि र उच्च हिमाली भागमा यसको असर प्रत्यक्ष रुपमा देखा परिसकेको छ । हिउँका भाग पग्लिएर समुन्द्रि सतहको उचाई क्रमश वृद्धि भएको छ । अन्तत जलवायु परिवर्तन जस्तो जटिल समस्या उत्पन्न भएको छ । यो समस्या अहिले विश्वको सामाजीक र राजनितिक समस्या बनेको छ । क्र्रमीक रुपमा बढ्दै गएका त्यस्ता जटिल समस्याले जिवजन्तुको अस्तित्व र तिनको जिवनचक्र जोखीममा परेको छ । अधिक बर्षा, खडेरि, सुख्खा, बाढि पहिरो जस्ता प्राकृतिक विपत्तिको समस्या हरेक बर्ष बढिरहेको छ । यसरी बढ्दै गएको पर्यावरणीय असन्तुलनले जलाधार क्षेत्रको माथील्लो र तल्लो तटिय मानव समुदाय विच असमझदारी बढ्दै सीमाङकनको विषयमा द्धन्द निम्त्याएको छ । त्यती मात्र हैन जिवजन्तुको जिवनचक्रमा असर गर्दै पारिस्थितिकीय प्रणालीमा पनि असन्तुलन बढाएको छ ।
पृथ्वि जननीले हामी प्राणीलाई पालन पोषण गर्छिन, बाँच्ने अधिकार बरावर दिन्छिन् । न कसैको कुभलो गर्छिन न त भेदवाद नै । यीनको दोहन जति गर्यो उति दिन्छिन्, तथापी यीनको संरक्षणको लागीे हामीले प्राकृतिक श्रोत, सम्पदाको न्यायोचित व्यवस्थापन गर्न सकेका छैनौ । उनको एकोहोरो दोहनले प्राकृतिक असन्तुलन मात्र हैन यदि यहि क्रम निरन्तर चलिरहे यीनको अस्तित्वनै खतरामा पर्ने प्रवल सम्भावना देखीन्छ । यो कुराको चेतना र ज्ञान विश्वका आम मानिसहरुमा हुन जरुरी छ ।
अहिले नेपालका प्रमुख शहरहरुमा बढ्दै गएको मानव चाप र अव्यवस्थित वस्तिविकासले त्यहाँका जलाधार क्षेत्रहरुमा जैविक विविधता घट्दै गएको छ । प्राकृतिक रुपले सुन्दर तालहरु पनि जलकुम्भी झार सँगै सीमसार क्षेत्रहरु पनि प्रदुषीत बनेका छन् । पछिल्लो दुई दशक यता योजना विहिन शहरिकरण, कृषि भुमीको नष्ट र बनफडानी जस्ता समस्याले बर्षातको पानी प्राकृतिक रुपमा जमीनले सोस्न नसक्दा बाढिको प्रकोप बढ्दै गएको छ । त्यस्तै अवैध रुपमा ईनार वोरिडबाट निकालिएको पानीले भुमीगत पानीको सतह घट्दै गएको छ । कृषिमा गरिएको चरम विषादि र रसायनिक मलको प्रयोगका कारण हामी मानवहरुको स्वास्थ्यमा मात्र हैन किराफटयारा, सरिसर्प, चराहरु, चिल गिद्धहरु सँगै कयौ सूक्ष्म प्राणीहरु पनि लोप हुदै गएका छन् ,मासीएका छन् । त्यस्तै प्रदुषीत पानीको कारण कतिपय लोपन्मुख जिवजन्तुहरुको अस्तित्व पनि गुम्ने खतरा बढेर गएको छ । वनजंगलमा हुने मानविय क्रियालपले वन पैदावरको विनास सँगै चराचुरङ्गी र वन्यजन्तुको वासस्थान भत्कीएर पारिस्थिकिय प्रणााली अर्थात ईकोसिस्टम खलबल्याई दिएको छ ।

माटो, सम्पुर्ण चराचर जगतको जिवनधार, पृथ्वीका ५ प्राणीमध्ये ४ प्राणीको अस्तित्व माटोमा रहेको छ । साधरणतया माटोका ३२ किसीमका स्वरुप हन्छन भने यीनका मुख्यतय ५ प्रकारका धरातलिय तह हुन्छन । माटोको एक तह बन्न हजारौ बर्ष लाग्दछ । अहिलेको नेपालको कृषिजन्य भुमी हाम्रा पुर्खाले अथाहा मिहिनेत गराएर बनाएका हुन् । पहाडमा वस्ती र वेसीमा खेतीको प्रावधानलाई अपनाएर भिरालो जमीनमा गह्रा बनाई खेतीलाई विस्तार गरेका थिय । तर अहिले समृद्धिको नाउँमा, विकासको नाउँमा यहि परिपोषक रसमय भुमी अर्थात माटो हाम्रो जस्तो अविकसीत मुलुकमा संकटमा परेको छ । त्यस्तै यहि माटोमा अप्राकृतिक रुपमा छरपष्ट फालिएका पोलिथिनजन्य पदार्थले माटोको गुणस्तरमा ह्रास मात्र हैन मानविय सभ्यतालाई पनि चुनौति दिएको छ । साथै संकलित पोलिथिनजन्य पदार्थहरुलाई जलाएर झन ठुलो संकटमा परिरहेका छौं । यसले मानव स्वास्थ्यमा मात्र हैन वायुमण्डलमानै दिर्घकालिन रुपमा नराम्रो असर पुर्याईरहेको छ ।
करिब ३ दशकको अस्थिर राजनितिको प्रभाव र शिक्षा र रोजगारीको नाउँमा बढदै गएको शहरी बसाईको कारण शहरी आसपासका उर्वरशिल जमीनमा पनि तिव गतिमा वस्ती विकास भईरहेको छ । लाखौ हेक्टर उर्वरशिल कृषिभमी वस्ती विकासको नाउँमा नास भईसकेको छ । हजारौ हेक्टर वन फडानी भैरहेको छ । हामी नेपालीहरुले पैसाको प्रभोलनमा र प्रसस्त आम्दानी गर्ने नाउँमा कृषिभुमीलाई क्षयीकरण गरिरहेका छौ । एक दशक अगाडि कलकल बग्ने मस्याङदि, त्रीशुली, भोटेकोशी लगाएत अधिकांस नेपालको पुर्व पश्चिम वहने नदिहरुमा अहिले रातो लेदो पानी अविरल रुपमा बगेका छन् । अर्थात यहाँका नदिहरुले दैनिक लाखौ टन उर्वरशिल माटोे ढुवानी गरिरहेका छन् ।

त्यस्तै पछिल्ला केहि दशक यता नेपालका ग्रामिण भागमा कच्ची सडक अर्थात मोटरवाटो लाई विकासको रुपमा लिईएको छ । नेपालका हरेक डाँडा पाखामा मोटर बाटो पुरयाईएका छन यसले मानीसलाई सुगमता तर्फ लगेको छ । तर यहाँका बाटोको निर्माणमा कुनै वैज्ञानिक आधार देखीदैन । ति सडकको लागी न कुनै योजना बनाईए न कुनै विज्ञको सल्लाह सुझाव लिईएको छ । हरेक संरचना बनाउँदा त्यसले वातावरणमा के प्रभाव पार्दछ त्यसले दिर्घकालीन रुपमा कस्तो असर गर्दछ भन्ने कुरा कसैको चासोको विषयमा राखीएन । कच्ची सडकको निमार्ण गर्दा बर्षातको पानीको वहाव, रुख विरुवाको कटान, माटोको स्वरुप, माटोको वनावट, माटोको मिश्रण र तह, धरातलको भिरालोपन जस्ता कुराहरुको ध्यान दिन सकिरहेका छैनौ । त्यस्तै अप्राकृतिक रुपमा खोलीएका खानी चिम्नीको कारण अधिक माटोको क्षयीकरण भई यी नदिहरुको गहिराई बढ्दै गएको छ । यसको प्रत्यक्ष असर आम कृषक र उर्वरशिल कृषि भुमीको नष्ट सँगै वेसीका वस्ती र मानव समुदायको जिवनमा पनि प्रभावित बनेको छ । त्यस्तै चुरे क्षेत्रमा भएको अधिक वनफडानी, चोरी तस्करीले किनारकटान र माटोको भुक्षय बढ्दै गएको छ । त्यसैले हामी हरेक बर्ष वाढी पहिरोको प्रकोपमा हजारौ परिवारहरु विस्तापित हुनुपरेको छ ।
पानी, माटो, जमीन र जंगल प्राणीका लागी अति आवश्यक तत्व हुन् । यी प्राकृतिक स्रोत विना पृथ्वि धर्तिका करिब ४० लाख प्राणीको अस्तित्व असम्भव छ । पानीको चक्रलाई समग्र जलाधार क्षेत्रमा भएको प्राकृतिक रुपमा निर्भर हुन्छ । यसले ठुलो क्षेत्रलाई पभाव पार्दछ । तर कुनै जलाधार क्षेत्रमा भएको माटो, स्थानीय जैविकता र प्राणीको जिवनचक्र निश्चित स्थानमा मात्र रहेको हुन्छ । त्यस ठाउँमा भएका स्थानीय जैविक तत्व, जीवांश, पानीको वहाव, र कृषि प्रयोजनको आधारमा निर्भर रहेको हुन्छ । खेर गएको पानी पुन बर्षाद्धारा परिपुर्ती हुन सक्दछ तर पानी सँगै भुक्षय भएको माटो प्राकृतिक रुपमा कहिल्यै पनि पुर्ती हन सक्दैन । तसर्थ माटोको भुक्षय, वनफडानी र जमीनको क्षयीकरण हुनु भनेका एकोहोरोे रुपमा प्राणीहरुको जिवनचत्र खल्वल्याउनु हो । उनिहरुको वासस्थान र आहारमा संक्रमणकालीन अवस्था निम्त्याउनु हो ।
हामी मानवले आफना भावी पुस्ताका निम्ती यो अवमुल्यन यी प्राकृतिक सम्पदा जोगाउनु पर्दछ । हामी विकास निमार्ण र अन्य विकासका क्रियाकलापहरुमा निकै सयंमीत रहेर दिगो प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्दछ । यदि विकासको नाउँमा यस्तै अप्राकृतिक क्रियाकलाप रह्यो भने भोली हामी समृद्धि र विकासको अलावा भोकमरि र गरिवि तिर धकेलिँदै जाने सम्भावना देखीन्छ । यो धर्ती, परिपोषक, रसमय भुमीको जतन नै हामी मानव प्राणीको लागी पुण्य कर्म हो । यसको संरक्षण गरौं । पृथ्वीका लाखौ प्राणी, चराचर जगतको अस्तित्व नखल्बल्याऔं ।
जोगाऔ माटो, जल, जमीन जंगल ।
यहि हो हाम्रो धन नयाँ नेपालको संकल्प ।।

लेखक निपेश ढाका वातावरणविद् तथा विश्वकिर्तिमानि, विगत एक बर्षदेखि रुपन्देहीको सामाजिक र पर्यावरणीय अध्ययन र अनुसन्धानमा लागिरहनु भएको शुन्य पोलिथिन तिलोत्तमाका अभियन्ता हुनुहुन्छ ।

प्रकाशित मिति : आइतवार, फाल्गुन ११, २०७६ , ४:०२ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology