पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासंघले पत्रकार तथा हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै पत्रकार शिवाकोटीको सुरक्षामा विशेष ध्यान दिन एवं स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेका हुन् । पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भन्दै शिवाकोटीले महासंघलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।

शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिहरूले शंकास्पद गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनी महासंघलाई जानकारी गराएका थिए । महासंघले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने गतिविधिको भर्त्सनासमेत गरेको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij