अध्यक्ष स्व देवबहादुर पाटाको ११ औं स्मृतिमा फोनिजद्धारा रक्तदान कार्यक्रम

अध्यक्ष स्व देवबहादुर पाटाको ११ औं स्मृतिमा फोनिजद्धारा रक्तदान कार्यक्रम

बुटवल
फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष स्व देवबहादुर पाटाको ११ औं स्मृतिमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पाँच नं प्रदेशका प्रदेश सभा सदस्य तुलाराम घर्तीमगर बसन्तले रक्तदान जीवनसंग जोडिएकाले रक्तदानमा रबैलाई अभिप्ररित गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले पत्रकार जगतले समाजलाई अगाडि बढाउने मियोको भुमिका खेल्नु पर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले व्यवसायिक पत्रकारिताका संगसंगै सामाजिक उत्तरदायित्व निर्वाहका लागि पनि पत्रकारहरु अग्रसर हुनु राम्रो कार्य भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा स्व पाटाका सहकर्मी पत्रकार एवं समाजसेवी अशोक पुनले पत्रकार स्व। देव बहादुर पाटाको साहसीपूर्ण व्यवसायिक पत्रकारिताको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रिय लेखा समिति सदस्य सुन्दर तरामु, प्रदेश ५ का अध्यक्ष मिलन गाहा, नेफिन रुपन्देही सचिव चित्रलाल तुलाचन, नेपाल आदिवासी जनजाति महासंघ बुटवल उपमहानगर अध्यक्ष अरुणकुमार श्रेष्ठ, फोनिज रुपन्देही जिल्ला उपाध्यक्ष दीपु मगर लगायतले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा पत्रकार स्व देव बहादुर पाटा पत्रकारिता अक्षयकोषका लागि समावसेवी नरजंग गुरुङ्ले रु पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
राज्यसत्ता साप्ताहिकका सम्पादक रहेका पत्रकार स्व देवबहादुर पाटाको वि।स। २०६५ साल फागुन १४ गते बुटवलको राजमार्ग चौराहामा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो ।रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आज भएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij