ओभर लोड नियन्त्रणका लागि अभियान संचालन गरेकै दिन ३६ गाडी कारवाहीमा

ओभर लोड नियन्त्रणका लागि अभियान संचालन गरेकै दिन ३६ गाडी कारवाहीमा

ओभरलोड वोक्नेलाई प्रदेश कानुनमा १० हजार जरिवान ततकाल लागु हुने

,

बुटवल

भारतिय मालवहाक गाडीको ओभर लोड नियन्त्रणका लागि अभियान संचालन गरेका रुपन्देहीका यातायात व्यवसायीले बुधवार मात्रै ३६ वटा गाडीलाई कारबाही गराएका छन ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनीे ट्रक व्यवसायी समितिको सम्युक्त टोलीले भारतिय नम्बरका माल बहाक गाडीले भार क्षमता भन्दा दोवरसम्म लोड गरि सामान ढुवानी गरेको भन्दै प्रहरी प्रशासनसंग हार गुहार गरेपछि प्रहरी प्रशासनले पनि सक्रिएता देखाएको हो ।

यातायात समितिहरुको पहलमा प्रहरी र प्रशासनको सहयोगमा बुधवार ३६ वटा भारतिय गाडीलाई यातयात व्यवस्था कार्यालय रुपन्देहीवाट जनही २ हजारका दरले जरिवाना गराई भार मिलान गरि मात्र संचालन गर्न निर्देशन दिईएको यातायात व्यवस्था कार्यालय (सवारी )रुपन्देहीका प्रमुख मुक्ति पाण्डेले बताउनु भयो ।

प्रदेश ५ सरकारले बनाएको मालवहाक सवारी साधनको भारवहन नियमन सम्बन्धी कानुन वनेको तर निर्देशिका अझै नवनेकाले कार्यान्वयन नभएकोमा मन्त्रालयको सहमती लिएर बिहिवार देखि नै ऐन अनुसार ओभरलोड वोकेका गाडीलाई कारवाही गरिेने कार्यालय प्रमुख पाण्डेले बताउनु भयो ।

सघिय कानुनमा ओभरलोड वोकेमा २ हजार जरिवाना र भार मिलान गरि संचालन गर्न पाउने व्यवस्था छ भने प्रदेश कानुनमा १० हजार जरिवान गरि भार मिलान गरि संचालन गर्न पाउने गरि कानुनी व्यवस्था रहेको पनि कार्यालय प्रमुख पाण्डेले बताउनु भयो ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनीे ट्रक व्यवसायी समितिको सम्युक्त टोलीले बुधवार सीमानाका तौल पुल धर्मकाटा संचालन भएका स्थानमा अनुगमन गरि भारतिय ओभर लोड वोकेका गाडीलाई कारवाहीको माग गरेका हुन । सोही अनुसार अगामी दिनमा पनि ओभरलोड नियन्त्रणमा कडाईका साथ लाग्ने पश्चिमाञ्च यातयात व्यवसायी समितिका अध्यक्ष यम प्रसाद पाण्डेले बताउनु भयो । यातयात व्यवस्था कार्यालयले टृाफिक प्रहरीको पत्र सहित ओभरलोड गरेका गाडीको सिफारिसका आधारमा कारवाहीलाई प्रभावकारी बनाईने जनाएको छ । क्षमता भन्दा बढी लोड वोक्दा मुलुक भरका सडक विग्रीएर साना तथा मझौला सवारी साधन संचालनमा समस्या भएको नेपाली टृक व्यवसायीको लगानी धरासायी भएको भन्दै यातयात व्यवसायीले विगत लामो समय देखि नै सरकारसंग माग भारतिय ओभरलोड गाडीको नियन्त्रण गर्न माग गदै आएका थिए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij