बुटवल
रुपन्देहीको तिलोत्तमामा खाद्य मेला लाग्ने भएको छ । खाने बानीमा सुधार ल्याउदै परम्परागत पोषिलो खानेकुराको प्रयोग बढाउने उद्येस्यले खाद्य मेला गर्न लागीएको प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख बिमल कुमार दाहालले जानकारी दिनु भयो । दहालका अनुसार तिलोत्तमा १५ स्थित पशुपती माध्यामिक बिद्यालयको प्राङ्गणमा फागुन २३,२४ र २५ गते खाद्य मेला लाग्ने छ ।
मेलामा ६० वटा खाद्य सम्बन्धि स्टल रहने छन । स्टल र मेला अवलोकनकर्तालाइ समेत प्रवेस निशुल्क गरीएको छ । परम्परागत पोषिलो एवम स्थानीय खाद्यय पदार्थको प्रबद्र्धन गरौं, असल खानाका लागि खाने बानीमा सुधार गरौं भन्ने मुल नाराकासाथ गर्न लागीएको मेलाको २० हजारले अवलोकन गर्ने अनुमान गरीएको दाहालले जानकारी दिनुभयो ।
स्थानीय उत्पादनको प्रबद्र्धन तथा पहिचान गर्ने,खाद्य प्रविधि तथा पोषणको अनुशन्धान गर्ने,स्थानीय खाद्यय उद्यमी तथा व्यवसायीका उत्पादन तथा तीनले विकास गरेका प्रशोधन एवम तयारी प्रविधिका सम्बन्धमा प्रचार प्रसार गर्नु मेलाको मुख्य उद्येस्य रहेको उहाँले बताउनु भयो ।
मेलाको सह आयोजक तिलोेत्तमा नगरपालिकाका मेयर बाशुदेव घिमिरेले नगरभित्र गर्न लागीएको मेलाले स्थानीय स्तरमा उत्पादन भइरहेका तर अल्प प्रयोगमा परेका पोषण युक्त खाद्य पदार्थको प्रबद्र्धन गरीने बताउनु भयो ।
नगरभित्र संचालनमा रहेका मौलिक होमस्टे र तीनले तयार गर्ने परम्परागत खानाका परिकारलाइ समेत मेलामा सहभागी गराइने उहाँले बताउनु भयो । च्याख्ला,चिउरा,ढिँडो,खट्टे,सेलरोटी,योमरी,भक्का,चटामरी,गोलफुकी, लावा,अनरसा जस्ता परिकारका स्टल राखीने छ ।त्यस्तै क्वाटी, मस्यौरा,सातु,टोफु खल्प,चुक,माडा,निम्की,तितौरा,खल्प तथा बिभिन्न खालका अचारको स्वाद लिन पाइने छ । दहि,महि,दुध,घिउ, गुँदपाक, पुष्टकारी,फिलिङ्गे,माछामासुको परिकारमा सुकुटी, छोयला,कचिला,मोमो,सिद्रा,सुकाएको माछा जस्ता परिकारको स्वाद लिन पाइने छ । यी परिकासगै मौलिक साँस्कृतिक कार्यक्रमहरु समेत गरीने छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्