तिलोत्तमा- लियो क्लब अफ भलवारी युथको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । तिलोत्तमा ७ स्थित सेमरा बजार माध्यमिक बिद्यालय प्राङ्गणमा सञ्चालित उक्त शिविर मेडिकियर पोलिक्लिनिक बुटवल, भैरब अप्टीकल हाउस बुटवल,पब्लीक हेल्थ भोलिन्टीयर क्लव एबम मल्ट्री स्टारको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
शिविरबाट ३ सय १५ जनाले स्वास्थ्य लाभ लिएका छन् । जसमा १ सय ५० जनाले फिजिसियन, छाला यौन तथा सौन्दर्य सम्बन्धी ५०, स्त्री तथा प्रसुति सम्बन्धी ३०,हाडजोर्नी ४० तथा ४५ जनाले आखा रोगको स्वास्थ्य जाँच गराएका हुन । ५२ बर्षिय नारायणी यादवलाइ आखाको समस्या रहेको बताउने यादवले गाँउमै निशुल्क रुपमा चेकजाच र औषधी निसुल्क पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

शिविरमा आएका विरामीहरुलाई निशुल्क औषधि पनि वितरण गरिएको लियो क्लब अफ भलवारी युथका निबर्तमान अध्यक्ष गोबिन्द बन्जाडे बताउनुभयो ।उक्त शिविरमा मेडिकियर पोलिक्लिनिक बुटवलका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. बबिता थापा, फिजिसियन डा. सरोज थापा, नशा रोग बिशेषज्ञ डा. राहुल श्रेष्ठ ,बाल रोग बिशेषज्ञ डा. किरन पन्थी छाला तथा सौन्दर्य रोग बिशेषज्ञ अस्मीता केसि लगायतको टिम थियो । यसअघि कार्यक्रमको उदघाटन समारोहलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा वडा नं ७ का वडाअध्यक्ष दुर्गा प्रसाद पाण्डेले सेमरा क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले यस क्लवले शिविरको आयोजना गरिएको कार्य उत्कृष्ट रहेको बताउदै उहाले निसुल्क भन्न साथ राम्रो सेवा प्राप्त हुदैन भन्ने मानसिकता त्यागि ढुक्क साथ स्वास्थ्य सिविरबाट निशुल्क विशेषज्ञ सहितको सेवा लिन आग्रह गर्नुभयो।

साथै उहाले तिलोत्तमा नगरपालीकाले संचालन गरेको शुन्य पोलेथिनको अभियानमा आ-आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो। लियो क्लब भलवारी युथका अध्यक्ष शुशिल गौतमले बिगतमा पनि बिभिन्न सामाजिक कार्य गर्दै आएको क्लवले बिभिन्न ठाउमा सरसफाइ लगायतका काम गर्दै आएको जानकारी दिदै विशुद्ध सामाजिक काम गर्ने उद्देश्यले स्थापना भएकाले देउसी भैलोमा सङ्कलन गरेको रकम र क्लवका सदस्यबाट केहि रकम संकलन गरि यस सिविरको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा सेमरा बजार माध्यमिक बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष संकर गुरुगं,लायन्स क्लव सिद्धार्थनगर युथका अध्यक्ष अभिनव मयुर कसौधन,लियो क्लब अफ भलवारी युथका संस्थापक अध्यक्ष अर्जुन सिंह चौधरी ,सेमरा हाटबजार ब्यबस्थापन समिति अध्यक्ष किशोर पन्थी, मदन थापा लगायतले बोल्दै सामाजिक क्षेत्रमा क्रियाशिल संस्था भलवारी युथको यो कार्य प्रशंसनीय रहेको बताउनुभयो । कार्यक्रम लियो क्लब भलवारी युथका अध्यक्ष शुशिल गौतमको अध्यक्षता शिशिर पाण्डेको स्वागत एवम क्लवका सचिव साहित्य काराखेतीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति : शनिबार, फाल्गुन १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्