बुटवल
नेपाल विधार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस ईकाइ समिति बुटवलले नेविसंघ केन्द्रीय समितिको निर्णय बमोजिम आज क्याम्पस अगाडि ९ देखि ९:३० सम्म विरोध कार्यक्रम गरेको छ।
नेपाल सरकार मन्त्री परिसदको निर्णय बमोजिम पुस्तकमा लगाएको ज्ञानमा कर १० प्रतिशत र ईन्धनमा कर बापत १० रुपैया प्रतिलिटर र स्ववियु निर्वाचनको मिति तत्तकाल घोषणा बालुवाटार र मुद्ण प्रिन्टर खरिद अनियमितताको विरोधमा कार्यक्रम गरृको हो।

कार्यक्रममा नेविसंघ केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेता पौडेलले सरकारले निशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा कर लगाएर शिक्षालाई जनताको पहुच बाहिर पुराएको र ईन्धनमा कर लगाई सरकार भष्टचारमा लिप्त रहेकोले कर फिर्ता गरि सबैको पहुचमा शिक्षा पुर्याउन आह्वान गर्नुभयो।
कार्यक्रम इकाई सभापती महेश शर्माको सभापतित्वमा भएको कार्यक्रमा सभापती शर्माले प्रधान्मन्त्रीले कर बढाएर मन्त्रीहरुलाई भष्टचारमा लिप्त बनाएको र विद्धवानहरुलाई किताबको पहुच बाहिर पुराएर देशलाई भष्टारको जग्गुला लान खोजेकोमा विरोध गरिएको र सरकारलाई तत्कनल सुध्रन आग्रह गर्दै तत्काल स्ववियु निर्वाचनको मिति तय गर्न अनुरोध गर्नुभयो कार्यक्रमको सच्चालन सचिव दिपक घिमिरेले गर्नुभएको थियो।
प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्