बुटवल,
प्रदेश नं ५ सरकारले आगामि बैशाखमा गर्न लागेको लगानि सम्मेलन स्थगित गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमणको सर्तकताकालागि बैशाख ४ र ५ मा गर्ने भनिएको लगानी सम्मेलन स्थगीत गर्ने निर्णय गरेको हो ।
लगानी सम्मेलनमा विदेसी लगानीकर्ताहरुको समेत सहभागिता रहने र हाल छिमेकी मुलुक चीन लगायतका देशमा कोरोना संक्रमण फैलदो अवस्थामा रहेकाले सम्मेलन स्थगित गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।
बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै प्रदेशका १२ वटै जिल्लामा धेरै मानिसहरुको जमघट हुने खालका मेला महोत्सव नगर्न नगराउन निर्देशन दिने निर्णय गरेको छ । प्रदेशका सबै जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी मार्फत ठुला भेला जमघट हुने खालका मेला महोत्सव नगर्न निर्देशन दिने निर्णय मन्त्री परिषद बैठकले गरेको हो ।
प्रदेश सरकारको सो निर्णयसँगै बुटवलमा यही फागुन २१ गतेदेखि हुन लागेको महिला लघु,घरेलु तथा साना उद्योगी मेला समेत प्रभावित हुने भएको छ । त्यससगै तिलोत्तमामा हुने भनिएको खाद्य मेला पनि प्रभावित हुने छ ।
बैठकले प्रदेश सडक निर्माण,मर्मत सम्भार तथा बिस्तार सम्बन्धान व्यवस्था गर्न बनेको बिधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिनुका साथै बैठकले प्रादेसीक साहित्य कला प्रतिष्ठान सम्बन्धमा बन्ने विधेयकको अवधधारणा पत्रमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको प्रवक्ता चौधरीले बताए ।त्यस्तै प्रदेश विज्ञान प्रविध प्रष्ठिान स्थापना र सञ्चालन सम्बन्धमा बन्ने विधेयकको अवधधारणा पत्रमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ भने साझेदारी नियमावली २०७६ स्वीकृत गरेको छ । मन्त्रीपरिषदले साझेदारी नियमावली २०७६ पनि स्वीकृत गरेको छ ।
बैठकले बिर अस्पतालबाट प्रदेश सरकार मातहत सरुवा भएका ११ औं तहका डाक्टर मनिलाल श्रेष्ठ नेवारलाई लुम्बिनी प्रादेसीक अस्पताल बुटवलमा खटाउने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्