सैनामैना
रुपन्देहीको सैनामैना वडा न९ बाट अवैध लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति ८ बजेको समयमा बाँसगढिको जनचेतना स्कुलको प्राङगणमा लागुऔषध सेवन गरिरहेको अवस्थामा उनीहरुलाइ पक्राउ गरि आज ९मंगलबार०सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारले जानकारी दिनुभयो । प्रहरी निरिक्षक परियारका अनुसार खानतलास गर्दा पक्राउ पर्नेहरुको साथबाट ६९ पुरिया खैरो हेरोइन नामक लागुऔषध फेला पारिएको जनाइएको छ ।
पक्राउ पर्नेमा सैनामैना वडा न।८ बस्ने वर्ष ३०का सुरेन्द्र प्रधान,वडा न६ बस्ने वर्ष ३३का दुर्गा लम्तरी,वडा न१०का वर्ष २५का सुमन श्रेष्ठ, सोही ठाउँका टिकाराम पौडेल,सैनामैना वडा न।८ बस्ने वर्ष १९का विपिन श्रेष्ठ,कञ्चन गाउँपालिका वडा न।१ बस्ने वर्ष २५का अजय सुनार,बुटवल उपमहानगरपालिका वडा न११ बस्ने वर्ष २९का प्रकाश सुनार,सोही ठाउँ बस्ने वर्ष २२का अनिल जि।सि रहेका छन् ।उनीहरु माथि म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरी जनाएको छ । पछिल्लो समय सालझण्डी प्रहरीले अनैतिक क्रियाकलाप हुन नदिन सुरक्षा ब्यवस्थालाई कसिलो बनाएको पाइएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्