तिलोत्तमा – कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाले बुधबार रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा ४० जनाले रक्तदान गरेको संस्थाले जनाएको छ।
तिलोत्तमा नगरपालिका ३ मा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नियमित कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदान जीवनदान भन्ने मुल आशयका साथ आयोजना भएको सो कार्यक्रममा सहकारी संस्थामा आबद्ध सेयर सदस्य एवं अन्य स्थानियहरुले सहभागिता रहेको थियो ।
तिलोत्तमा नगरपालिका ३ का वडाध्यक्ष टंक प्रसाद तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको प्राबिधिक सहयोग ब्लडबैंक बुटवलले गरेको संस्थाका अध्यक्ष यज्ञ प्रसाद सापकोटाले जानकारी दिनुभयो।
संस्थाका स्वास्थ्य बिभाग प्रमुख प्रभा भन्डारी घिमिरेको संयोजकत्वमा संचालित रक्तदान कार्यक्रमको संचालन सचिव दिपक थापाले गर्नुभएको थियो ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्