प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न,स्वास्थ्य स्थिर

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न,स्वास्थ्य स्थिर

काठमाण्डाै

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पतालमा ओलीको दोस्रो पटक सफल मिर्गाैला प्रत्यारोपण गरिएको हो । अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताउनुभयो ।

‘सबै मुख्य सूचकाङ्कहरु राम्रो अवस्थामा रहेका छन् । प्रत्यारोपित मिर्गाैलाले काम गर्न सुरु गरिसकेको छ । प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली र अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो ।

त्यसैगरी मिर्गाैला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली सहभागिता थियो । कार्यकारी निर्देशक डा. खड्गाका अनुसार एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान गर्ने भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । सङ्ग्रौलाले एउटा मिर्गाैला प्रधानमन्त्री ओलीलाई दान गर्नुभएको हो ।

प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुनुभएको थियो । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा उहाँको पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

 

 

 

प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij