काठमाडौं
कोरोना भाइरसका कारण नेपाली कांग्रेसले आन्तरिक भेला, सम्मेलन नगर्न आफ्ना सबै निकायहरुलाई निर्देशन दिएको छ। आज पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले अर्काे सूचना जारी नभएसम्म भेला, सम्मेलन नगर्न निर्देशन दिएको बताएका हुन्। १४ औँ महाधिवेशनको लागि हुने अन्य तयारीका कार्यक्रम भने जारी रहने शर्माले बताए। ‘विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर नेपाली कांग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगित गरिएको छ’, उनले भने। कोरोनाको संक्रमण फैलनसक्ने भन्दै कांग्रेसले विभिन्न अभियान स्थगित गरेको जानकारी दिएको छ। ‘कोरोना संक्रमणबारे ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आवद्ध संस्थाहरुमार्फत विविध ढंगले अघि बढाइने निधो गरिएको पनि सार्वजनिक रुपले सूचित गर्दछौं’ शर्माले भने। सरकारले ढिलासुस्ती गर्दा कोरोना फैलनसक्ने खतरा रहेको पनि कांग्रेसको भनाई छ। त्यस्तै त्रिभुवन विमानस्थल मार्फत कोरोना भाइरस फैलनसक्ने भन्दै यात्रुको स्वास्थ्य जाँचमा कडाई गर्न पनि सरकारलाई आग्रह गरेको छ। ‘त्रिभुवन विमानस्थलमार्फत संक्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरुमा स्वास्थ्य जाँचको केन्द्र तत्काल भरपर्दो स्थापना गर्न सरकारलाई पुनः अपिल गर्दछौं,’ प्रवक्ता शर्माले भने।
प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्